कोरोना भाइरस: भारतमा मृत्यु हुनेको संख्या तीन पुग्यो

नौलो समाचार संवाददाता
२०७६ चैत्र ४, मंगलबार मा प्रकाशित ९८४ पटक पढिएको
कोरोना भाइरस: भारतमा मृत्यु हुनेको संख्या तीन पुग्यो

चैत ४, काठमाडौँ । भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ । महाराष्ट्रको राजधानी मुम्बईको कस्तरुवबा अस्पतालमा मंगलबार एक ६४ वर्षीय पुरुषको मृत्यु भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

भारतमा यसअघि कोरोना संक्रमणबाट दुईजनाको मृत्यु भएको थियो ।

भारतमा कोरोनाको संक्रमणबाट पहिलो पटक कर्नाटकको कलबुर्गीमा एक ७६ वर्षीय पुरुष र त्यसपछि दिल्लीमा एक ६८ वर्षीय महिलाको मृत्यु भएको थियो ।

भारतमा बितेको २४ घण्टामा थप १२ जनामा कोरोनाको संक्रमण पाइएको छ। अहिलेसम्म भारतमा १ सय २८ जनामा कोरोनाको संक्रमण पुष्टि भइसकेको छ।

प्रतिक्रिया दिनुहोस