अन्तर्राष्ट्रिय हवाई उडान वैशाख १८ सम्म बन्द

नौलो समाचार संवाददाता
२०७६ चैत्र २५, मंगलबार मा प्रकाशित ६६६ पटक पढिएको
अन्तर्राष्ट्रिय हवाई उडान वैशाख १८ सम्म बन्द

चैत २५, काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय हवाई उडानलाई बैशाख १८ गते ९अप्रिल ३०० सम्म बन्द गर्ने निर्णय गरेको छ।

कोरोना भाइरस (कोभिड-१९) संक्रमण रोकथाप तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको आज (मंगलबार)को बैठकले यस्तो निर्णय लिएको हो। यसअघि वैशाख ३ गते (अप्रिल १५) सम्म सबै अन्तर्राष्ट्रिय हवाई उडान स्थागित गरिएको थियो।

अब १५ दिन समय थप गरी वैशाख १८ गतेसम्म उडान स्थगित गर्ने निर्णय भएको हो ।

प्रतिक्रिया दिनुहोस