कोरोनाको संक्रमण विश्वभर नै घातक अवस्थामा पुगेको ‘डब्ल्युएचओ’को चेतावनी

नौलो समाचार संवाददाता
२०७७ अषाढ ६, शनिबार मा प्रकाशित ६६४ पटक पढिएको

कोरोनाको संक्रमण विश्वभर नै घातक अवस्थामा पुगेको ‘डब्ल्युएचओ’को चेतावनी

असार ६, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले कोरोना भाइरसको संक्रमण विश्वभर नै घातक अवस्थामा पुगेको चेतावनी दिएको छ ।

विश्वभर एकै दिन अाज (शनिवार) अहिलेसम्मकै सर्वाधिक १ लाख ८१ हजारभन्दा बढीमा संक्रमण देखिएपछि डब्ल्युएचओले यस्तो चेतावनी दिएको हो ।

संसारका विभिन्न देशमा कोरोना संक्रमणको अलग-अलग चरण चलिरहेको भन्दै डब्ल्युएचओले भाइरस संक्रमणको गति र संक्रमणको स्तर घातक अवस्थामा पुगेको चेतावनी दिएको हो ।

विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस अधानमले अहिले कोरोना संक्रमण फैलिँदो क्रममा रहेको र खतरनाक बनेको बताएका छन् ।

उनले कोरोना भाइरसको संक्रमण बढ्दो क्रममा रहेकाले संवेदनशील बन्नुपर्नेमा जोड दिएका छन् ।

लकडाउन बढ्दै जादा आर्थिक अवस्था तहसनहस भएको भन्दै कयौं मुलुकहरूले लकडाउन खुकुलो बनाएको तथा हटाइसकेकाले जोखिम अझ बढेको डब्ल्युएचओको ठहर छ ।


प्रतिक्रिया दिनुहोस