काभ्रेमा हतियारधारी समूहद्वारा बुद्धचित्तको माला लुटपाट, मालाको रूख कुर्न बसेका घाइते

नौलो समाचार संवाददाता
२०७७ अषाढ १२, शुक्रबार मा प्रकाशित १७५७ पटक पढिएको
काभ्रेमा हतियारधारी समूहद्वारा बुद्धचित्तको माला लुटपाट, मालाको रूख कुर्न बसेका घाइते

असार १२, काठमाडौं । जिल्लाको रोशी गाँउपालिका वडा ५ नागबेलीमा गएराति गोली चलेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार बुद्धचित्तमाला लुटपाट गर्न आएको समू्हले गोली समेत चलाएको जनाएको छ ।

बुद्धचित्त लुटपाट गर्ने क्रममा गोली चल्दा पाँच जना घाइते भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका एसपी रवि पौडेलले जानकारी दिए । उनिहरु बुद्धचित्त मालाको बोट कुर्नेहरु रहेको र धुलिखेल अस्पतालमा उपचार भईरहेको एसपी पौडेलले जानकारी दिए । एसपी पौडेलका अनुसार काभ्रेको रोशी गाउँपालिका नागबेलीमा सोमरानी तामाङ र विरबहादुर लामाको बुद्धचित्त लुटपाट गर्ने क्रममा गोली चलेको हो । उनिहरुको खोजिभैरहेको र थप प्रहरी परिचालन भईसकेको एसपी पौडेलले बताए ।

बिहीबार मध्यराती हतियारसहित आएको लुटेरा समूहले रोशी गाउँपालिका वडा ५ नागबेलीमा रहेको वीरबहादुर तामाङको घरमा जडान गरिएको सीसीटिभी क्यामेरा तोडेर ९० लाख बराबरको बुद्धचित्तमालाको दाना लुटेको प्रहरीको दाबी छ । घटना स्थलमा राती नै पुगेका इलाका प्रहरी कार्यलय मंगलटारको प्रहरी निरीक्षक टोली पुगिसकेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।

लुटेरा समूहले टिपेर लगेको र बोटमा केहि मात्रमा बाँकी रहेको थप डिएसपी सहितको टोलि बाटोमा रहेको राति ५०,६० जनाको समूहमा आएको स्थानियहरुले बताएको प्रहरी जनाएको छ ।

हतियारसहित आएको लुटेरा समूहको अक्रमणबाट बुद्धचित्तको रुखको सुरक्षाको बसेको श्याम तामाङ, जितबहादुर लामा, शेखर लामा, जित बहादुर तामाङ र वाङचु लामा घाईते भएको प्रहरीले जनाएको छ । उनिहरुको अहिले धुलिखेल अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस