प्रतिकिलो सलहको मूल्य ५ सय १ रुपैयाँ

नौलो समाचार संवाददाता
२०७७ अषाढ १५, सोमबार मा प्रकाशित ६६८ पटक पढिएको
प्रतिकिलो सलहको मूल्य ५ सय १ रुपैयाँ

असार १५, हेटौंडा । मकवानपुरको अन्य क्षेत्रको तुलनामा आफ्नो वडामा सलहको प्रकोप देखिएपछि पूर्वी मकवानपुरको बकैया गाउँपालिका वडा–७ का अध्यक्षले वडाभित्र सलह समात्नेलाई प्रतिकिलो ५ सय रुपियाँ दिने घोषणा गरेका छन् ।

अध्यक्ष रामकाजी लामिछानेले यस्तो घोषणा गरेका हुन् । देशका स्थानीय सरकारले सलह संकलन गर्नेलाई २० रुपियाँदेखि एक सय रुपियाँ दिने घोषणा गरेको अबस्थामा उहाँले भने प्रतिकिलो ५ सय रुपियाँ दिने घोषणा  गरेका हुन्।

‘सलह मारेर ल्याउनेलाई म व्यक्तिगतरुपमा उक्त रकम उपलब्ध गराउनेछु,’ उहाँले भन्नुभयो–मार्नेले पैसा कमाउने र गाउँको बाली पनि जोगिने भएकोले यस्तो घोषणा गरेको हुँ ।

उक्त वडाको हात्तीखोला, भीरकोट र मान्दमारलगायत स्थानमा सलहले क्षति बढी गरेको छ । गाउँको वडा–१ बाट प्रवेश गरेको सलहले मकै र आँपका बोट नै नष्ट गर्न थालेको उहाँको भनाइ छ । वडा–७ बाट सलह हाल वडा–१० तिर पसेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस