इंग्लिस प्रीमियर लिग: वेस्टह्यामसँग चेल्सी पराजित

नौलो समाचार संवाददाता
२०७७ अषाढ १८, बिहिबार मा प्रकाशित ६१० पटक पढिएको
इंग्लिस प्रीमियर लिग: वेस्टह्यामसँग चेल्सी पराजित

असार १८, एजेन्सी । इंग्लिस प्रीमियर लिग फुटबलमा चेल्सी पराजित भएको छ । वेस्टह्याम युनाइटेडको घरेलु मैदानमा बुधबार राति भएको खेलमा चेल्सी ३-२ गोलले पराजित भएको हो ।

खेलमा सुरुआती अग्रता लिएको चेल्सीले अग्रता जोगाउन नसक्दा पराजित भएको हो । खेलको ४२ औं मिनेटमा विलियनको पेनाल्टीमा गोल गर्दै चेल्सीलाई अग्रता दिलाए । तर पहिलो हाफको इन्जुरी समयमा थोमस सोसेकले गोल गर्दै पहिलो हाफमा खेल १-१ को बराबरीमा ल्याए ।

खेलको ५१ औं मिनेटमा मिचेल एन्टोनियोले गोल गर्दै चेल्सीमाथी २-१ को अग्रता दिलाए । त्यसपछि विलियनले व्यक्तिगत दोश्रो गोल गर्दै चेल्सीलाई पुनः खेलमा फर्काउने प्रयास गरे । उनले खेलको ७२ औं मिनेटमा गोल गर्दै खेल २-२ को बराबरीमा ल्याएका थिए ।

तर खेलको अन्तिम मिनेटमा गोल गर्दै वेस्टह्यामले पुनः अग्रता लियो । खेलको ८९औं मिनटमा एण्ड्री यारमेलेङ्घकोले गोल गर्दै वेस्टह्यामलाई ३-२ को महत्वपूर्ण जित दिलाए ।

यस जितसँगै वेस्ट ह्याम ३२ खेलबाट ३० अंक जोड्दै रेलिगेशन जोनबाट स्थान माथि उक्लिएको छ । वेस्टह्याम तालिकाको १६ औं स्थानमा छ । पराजित चेल्सी भने समान खेलबाट ५४ औं सहित चौथो स्थानमा छ । हारको समना गरेको चेल्सीको लेस्टरलाई पछि पार्दै तेश्रो स्थानमा उक्लने मौका गुमेको हो ।

प्रतिक्रिया दिनुहोस