सन्दीप लामिछानेले प्रिमियर लिग टी–ट्वान्टी जमैका तलावाजबाट खेल्ने

नौलो समाचार संवाददाता
२०७७ अषाढ २३, मंगलबार मा प्रकाशित ६२० पटक पढिएको
सन्दीप लामिछानेले प्रिमियर लिग टी–ट्वान्टी जमैका तलावाजबाट खेल्ने

असार २३, काठमाडौं । सन्दीप लामिछानेले यस सिजनको क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी क्रिकेट जमैका तलावाजबाट खेल्ने भएका छन् । हिजो भएको ड्राफ्टबाट सन्दीपलाई जमैका तलावाजले अनुबन्ध गरेको हो ।

सन्दीपले यसअघि दुई पटक सीपीएल खेलिसकेका छन् । सन्दीपले यस अघि सेन्ट किट्स एन्ड नाभिस प्याट्रियट्स र बार्बाडोस ट्राइडेन्ट्सबाट खेलेका थिए । सन्दीपलाई तलावाजले ९० हजार अमेरिकी (डलर १ करोड ८ लाख) नेपाली रुपैयाँमा अनुबन्ध गरेको हो ।

यो सीपीएलमा सन्दीपको अहिलेसम्म कै सर्वाधिक महँगो मूल्य हो । सन्दीपलाई यस अघि सेन्ट किट्सले ५ हजार अमेरिकी डलर र बार्बाडोसले ७० हजार अमेरिकी डलरमा अनुबन्धन गरेको थियो । नेपाली क्रिकेटका ग्लोबल आइकन सन्दीप ड्राफ्टमा सहभागी ५ सय ३७ खेलाडी मध्ये एक्लो नेपाली हुन् ।

कोरोना भाईरसको महामारीको कारण यस सिजनको सीपीएलको मिति तय भएको छैन । तर, आगामी अगष्ट १८ देखि सेप्टेम्बर १० सम्म ट्रीनिडाड एन्ड टोबेगोमा बन्द रंगशालामा प्रतियोगिता गर्ने प्रस्ताव गरिएको छ ।

प्रतिक्रिया दिनुहोस