यूएईद्वारा मंगल ग्रहमा पहिलो ऐतिहासिक यानको प्रक्षेपण

नौलो समाचार संवाददाता
२०७७ श्रावण ५, सोमबार मा प्रकाशित ८४७ पटक पढिएको
यूएईद्वारा मंगल ग्रहमा पहिलो ऐतिहासिक यानको प्रक्षेपण

साउन ५, यूएई। संयुक्त अरब इमिरेट्‌सले (यूएई) ले मंगल ग्रहमा पहिलो ऐतिहासिक मिसनअन्तर्गत एक यान प्रक्षेपण गरेको छ ।

जापानमा रहेको तनेगसिमा अन्तरिक्ष केन्द्रबाट एचटू-ए रकेटमार्फत प्रक्षेपण भएको होप नामक उक्त मिसनले करिब ५० करोड किलोमिटर दूरी तय गरेपछि मंगल ग्रहको मौसम र जलवायुबारे अध्ययन गर्नेछ । यसअघि प्रक्षेपण गरिएकाका दुईवटा प्रयास गत साता खराब मौसमका कारण स्थगित भएका थिए ।  सन् २०२१ को फेब्रुअरी अर्थात यूएई स्थापनाको ५० औ वार्षिकोत्सवमा होप मंग्रल ग्रह पुग्‍ने जनाइएको छ ।

यही महिना मंगलग्रहमा जान लागेका तीनवटा मिसनमध्ये यूएईको होप मिसन एक हो ।  अन्तरिक्षयानको नमुना र निर्माण दुवैमा यूएईको सीमित अनुभव छ । तर पनि अमेरिका, रुस, युरोप र भारतले मात्रै सफलता हासिल गरेको काममा यूएई प्रयासत छ । अमेरिकी विज्ञको अनुभवी परामर्श पाएका यूएईका इन्जिनियरहरूले जम्मा छ वर्षमा एउटा परिष्कृत यान उत्पादन गरेका हुन् ।

र यो भूउपग्रह मंगल ग्रहको कक्षमा पुगेपछि यसले ग्रहको वातावरणले कसरी काम गर्छ भन्‍ने ताजा विवरणहरूको खुलासा गर्ने जनाइएको छ । उक्त ग्रहको सतहभन्दा झण्डै २२ हजार देखि ४४ हजार किलोमिटर माथि रहेर यो भूउपग्रहले अध्ययनहरू गर्नेछ । बीबीसी

प्रतिक्रिया दिनुहोस