पनौती नगरपालिकाले किसानहरुलाई किसान परिचय पत्र दिने

नौलो समाचार संवाददाता
२०७७ श्रावण २२, बिहिबार मा प्रकाशित १०९८ पटक पढिएको
पनौती नगरपालिकाले किसानहरुलाई किसान परिचय पत्र दिने

साउन २२, काभ्रे। पनौती नगरपालिकाले किसानहरुलाई परिचय पत्र बनाईदिने भएको छ । नगरपालिकाभित्र रहेका किसानहरुको तथ्याकं संकलन गरी तिन तहमा बर्गिकरण गर्दै ‘किसान परिचय पत्र ‘ दिने कृषि तथा पशुपक्षिं शाखाका संयोजक मणिप्रसाद सापकोटाले बताए ।

किसानहरुलाई व्यवसायिक खेतीतर्फ उत्प्रेरणा जगाउने उदेश्यले व्यवसायिक किसान, व्यवसायिक उन्मुख किसान र निर्वाहमुखी किसान गरी तीन तहमा बर्गिकरण गरी किसान परिचयपत्र दिने संयोजक सापकोटाले जानकारी दिनुभयो । किसान परिचय पत्र बनाएपछि वास्तविक किसानको पहिचान खुल्ने र कृषि अनुदान दिन सजिलो हुने नगरपालिकाले जनाएको छ ।

नरपालिकाले यो कार्यक्रम आफ्नो नीति तथा कार्यक्रम र बजेटमा नै समाबेश छ । परिचयपत्र पाएपछि परिचय पत्र लिएका किसानलाई प्राथमिकतामा राखेर प्राङगारिक मल, उन्नत बीउ बिजन, बिषादी र प्राविधिक सेवा उपलब्ध गराउने नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस