घट्याे सुनकाे भाउ, चाँदी भने ४० रूपैयाँ बढ्यो

नौलो समाचार संवाददाता
२०७७ श्रावण २७, मंगलबार मा प्रकाशित १०६० पटक पढिएको

घट्याे सुनकाे भाउ, चाँदी भने ४० रूपैयाँ बढ्यो

साउन २७, काठमाडौं। लगातार उकालो लागेको सुनको भाउ बिस्तारै घट्दो क्रममा छ। अघिल्लो दिनभन्दा ८ सय रुपैयाँ घटेर अाज (मंगलबार)का लागि सुनको मूल्य तोलाको १ लाख १ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

हिजाे तोलाको १ लाख २ हजार ४ सय रुपैयाँ थियो। त्यसअघि शुक्रबार सुन तोलाको १ लाख ३ हजार ५ सय रुपैयाँ पुगेर सर्वाधिक मूल्यको रेकर्ड बनेको थियो।अाजसम्म आइपुग्दा उक्त मूल्यमा १९ सय रुपैयाँको गिरावट आएको छ।

चाँदीको मूल्यमा केही दिनयता सामान्य घटबढ हुन थालेको छ। अघिल्लो दिनभन्दा ४० रूपैयाले बढ्दै अाज चाँदी तोलाको १ हजार ४ सय ३५ रुपैयाँ पुगेको छ। हिजाेे (सोमबार) १५ रुपैयाँले घटेर १ हजार ३ सय ९५ रुपैयाँ प्रतितोला थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य ओरालो लागिरहेको देखिएको छ।


प्रतिक्रिया दिनुहोस