एनसेलले ल्यायो नयाँ वाईफाई सिम, ४३० रुपैयाँमा ५० जीबी डेटा साथमा प्रभु टीभी फ्री

नौलो समाचार संवाददाता
२०७७ श्रावण ३१, शनिबार मा प्रकाशित ९२८ पटक पढिएको
एनसेलले ल्यायो नयाँ वाईफाई सिम, ४३० रुपैयाँमा ५० जीबी डेटा साथमा प्रभु टीभी फ्री

साउन ३१, काठमाडौं। आफ्नो घर तथा साना कार्यालयको प्रयोजनका लागि उपभोक्ताले अब झन्झट रहित रुपमा सुलभ वाईफाई सेवा लिन सक्ने भएका छन् । एनसेल आजियाटा लिमिटेडले चौथो पुस्ताको मोबाइल सेवा फोरजी तथा एलटीई (लङ्ग टर्म इभोलुसन) नेटवर्क भएका देशभरका सबै स्थानमा उपलब्ध हुनेगरी ‘अल्ट्रा वाईफाई सिम प्लस’ सेवा ल्याएको हो ।

अल्ट्रा वाईफाई सिम प्लस उपभोक्ताका लागि मासिक ४० जीबी डेटा भोलुम बन्डल सहितको एक विशेष सिम कार्ड हो । वाईफाई सेवाका लागि बन्डल डेटा बाहेक ग्राहकले यो सेवा अन्तर्गत दुई वटा सिम पाउनेछन् । जसमा प्रत्येक महिना डेटा, अन नेट टक टाइम र डिजिटल कन्टेन्टहरु बन्डल सेवाका रुपमा पाइनेछ ।

कम्पनीले आफ्नो नयाँ थिम ‘प्लस’ अन्तर्गत वायरलेस कनेक्टिभिटीको बढ्दो मागलाई संबोधन गर्न देशभर विस्तार गरिएको फोरजी नेटवर्कमा रहेका उपभोक्ताकालाई लक्षित गर्दै यो सेवा ल्याएको हो ।

ग्राहकले यो योजनाअन्तर्गत पाइने सिम कार्डलाई आफ्नो मोबाइल ह्याण्डसेट अथवा कुनै पनि फोरजी सर्पोट गर्ने डिभाइस, मीफी डिभाइस वा वायरलेस डिभाइसमा राखेर डेटा कनेक्टिभिटी र वाईफाई हटस्पटको रुपमा इन्टरनेट सेवा प्रयोग गर्न सक्नेछन् ।

ग्राहकले यो सिमलाई फोरजी डिभाइसमा राखेपछि सबै भन्दा नजिकैको फोरजी टावरसँग कनेक्ट हुन्छ । टावरले सेवा प्रदान गर्ने क्षेत्रभित्र यो वाईफाई सेवा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

यो सेवाको शूल्क वार्षिक योजना अन्तर्गत कर बाहेक मासिक ४३० रुपैयाँ रहेको छ । ग्राहकले वाईफाई सिम प्लस सेवामा वायरलेस डेटा सेवाका लागि मासिक रुपमा ४० जीबी वायरफ्री प्लस डेटा पाउनेछन् ।

यसका साथै बन्डल प्याकेजका रुपमा प्रत्येक महिना पाँच जीबी डेटा, ५० मिनेट अन नेट टक टाइम र प्रभु टीभी र दामी म्युजिक डिजिटल सेवाहरु सहितका दुई वटा फोरजी सिम समेत पाउने छन् । यस आधारमा कूल मिलाएर यो प्याकेजमा कम्पनीका ग्राहकले मासिक ५० जीबी डेटा प्राप्त गर्न सक्नेछन् ।

यसका लागि हप्ताको सातै दिन, २४ सै घन्टा ग्राहक सेवा उपलब्ध हुने कम्पनीले जनाएको छ । यसअघि साउन २० गते एनसेल आजियाटाले राउटरको प्रयोग मार्फत उपलब्ध हुने र तुलनात्मक रुपमा धेरे डेटा सेवाको आवश्यकता रहेका ग्राहकहरुलाई लक्षित गर्दै ४० भन्दा बढी जिल्लाहरुमा उपलब्ध हुनेगरी आकर्षक वायरफ्री प्लस वाईफाई सेवा संचालनमा ल्याएको थियो ।

जसमा ग्राहकले सिम कार्ड, डिभाइस, डेटा, भ्वाइस, डिजिटल कन्टेन्ट लगायतका सेवाहरु सहितको बन्डल सेवा पाउन सक्छन् । अल्ट्रा वाईफाई सिम प्लस सेवा अन्तर्गत पाइने सेवाहरु हरेक ३० दिनको साइकलमा प्राप्त हुने बताइएको छ ।

३० दिनको समयावधिमा प्रयोग गरी नसकेको वा बाँकी रहेका सेवाहरु अर्को नयाँ ३० दिनमा थप हुनेछैन अर्थात जोडिने छैन । आफ्नो नयाँ थिम ‘प्लस’ अन्तर्गत नै रहेर एनसेल आजियाटाले आफ्ना फोरजी ग्राहकका लागि वायरफ्री प्लस वाईफाईमा आकर्षक ननस्टप युट्युव प्लसका साथै इण्डलेस कुराकानी प्लस र सजिलो सिम प्लस सेवा ल्याइसकेको छ ।

ग्राहकका लागि अझै धेरै सेवाहरु ल्याउदै जाने प्रतिवद्धता समेत कम्पनीले जनाएको छ । ‘प्लस’ थिमले नवीन र विशेष सेवासाथ ग्राहकलाई हरेक पल जहाँ भए पनि सेवामा पहँुच सुनिश्चित गराउने उद्देश्य लिएको छ ।

इच्छुक ग्राहकले नजिकैको एनसेल सेन्टरमा गएर आवश्यक प्रक्रिया पुर्याई सजिलैसँग यो सिम लिन सक्छन् ।

प्रतिक्रिया दिनुहोस