उत्कृष्ट टिकटक बनाउनेलाई आकर्षक पुरस्कार

नौलो समाचार संवाददाता
२०७७ भाद्र ४, बिहिबार मा प्रकाशित ९३३ पटक पढिएको
उत्कृष्ट टिकटक बनाउनेलाई आकर्षक पुरस्कार

भदाै ४, काभ्रे। चर्चित गायक विक्रमजंग शाहले तयार गरेको नयाँ काठे भाकाको लोक तथा दोहोरी गीत “खोला खोल्सी हे माँया पलायो निहुरो, पलायन मै माथि मन तिउरो“बोेलमा उत्कृष्ट टिकटक भिडियो बनाउनेले आकर्षक पुरस्कार पाउने भएका छन्।

उत्कृष्ट टिकटक भिडियो बनाउनेलाई आकर्षक पुरस्कार सहित प्रमाणपत्रले सम्मान गरिने कलाकार शाहले जानकारी दिएका छन् । नेपाली लोक दोहोरी गीतको प्रवर्द्धनका लागि आम स्रोताहरुलाई आकर्षित गराउन उत्कृष्ट टिकटक भिडियो बनाउनेलाई सम्मान स्वरुप पुरस्कृत गर्न लागेको शाह बताउँछन् ।

बिक्रमजंग शाह र गायिका सिर्जु अधिकारीको स्वरमा रहेको काठे क्षेत्रको गीत “खोला खोल्सी हे माया पलायो निहुरो” यतिबेला टिक टक कर्मीको रोजाइमा परेको छ । गीतको टिकटक भिडियो धमाधम बनिरहेको छ । गायक शाहको शब्द सिर्जना रहेको गीतमा अमृत खातीको लय संगीत रहेको छ ।

गीतको म्युजिक भिडियो निर्माणको क्रममा रहे पनि अडियो भने टिक टक चर्चाको शिखरमा रहेको छ । टिकटकमा गीत निकै चर्चा बटुल्न सफल भैसकेको छ । “हामीले नयाँ तर उत्कृष्ट टिकटक बनाउनेलाई यो गीतमा अभिनय गर्ने मौका दिनेछौं” शाह भन्छन् । भ्युज अनि अभिनयको आधारमा भिडियोमा अभिनय गर्ने अवसर समेत दिइने र पुरस्कृत समेत गरिनेछ ।

टिकटकमा सहभागी हुनको लागि विक्रम शाहको अफिसियल पेज लाइक गरी सोही पेजमा वा गायक बिक्रम जंग शाह र गायिका सिर्जु अधिकारी र अमृत खातीको म्यासेन्जरमा पठाउनु पर्ने छ । गायक शाहले जानकारी गराए अनुसार चाँडै नै प्रतियोगितामा सहभागी टिकटकमध्येबाट उत्कृष्ट १०० भिडियो छनौट गरिने छ । त्यसपछि उत्कृष्ट २० अनि उत्कृष्ट १०, ५ छनौट गर्दै विजेता घोषणा गरिनेछ ।

खोला खोल्सी हे माँया पलायो निहुरो पलायन मै माथि मन तिउरो बोेलकोे गीतको टिकटक बनाउनको लााागि तलको लिंक रहेकोछ । https://m.youtube.com/watch?feature=youtu.be&v=YrK7EfOkG4I

प्रतिक्रिया दिनुहोस