महात्मा गान्धीको चस्मा दुई करोड ५५ लाख भारुमा लिलाम

नौलो समाचार संवाददाता
२०७७ भाद्र ६, शनिबार मा प्रकाशित १३२ पटक पढिएको



भदाै ६, एजेन्सी। महात्मा गान्धीको चस्मा दुई करोड ५५ लाख भारतीय रुपियाँमा लिलाम भएको छ ।

बेलायतको लिलामी संस्था इस्ट ब्रिस्टल अक्सन्सले गरेको बोल बढाबढ लिलामीमा गान्धीको चस्मालाई अमेरिकी नागरिकले साढे दुई करोड भारु हालेका हुन् ।

इस्ट ब्रिस्टलका एन्ड्रयू स्टोले गान्धीको चस्मा १४ लाख भारुसम्ममा बिक्री हुने अपेक्षा गरेको तर ठूलो रकममा बिक्री भएको बताए ।

सो चस्माका मालिक ब्रिस्टलको म्यानगट्सफिल्डका वृद्धले लिलामीबाट आएको रकम छोरी र आफूले बाँडेर लिने बताएको बिबिसीले उल्लेख गरेको छ ।

सन् १९१० देखि १९३० को अवधिको समयमा दक्षिण अफ्रिकामा काम गर्ने बेला गान्धीले आफ्ना काकालाई सो चस्मा दिएको ती वृद्धले बताएका छन् । 

प्रतिक्रिया दिनुहोस