काभ्रेमा एकैदिन ३५ जना संक्रमित थपिए

संक्रमितको संख्या १ सय ३९
नौलो समाचार संवाददाता
२०७७ भाद्र ६, शनिबार मा प्रकाशित १०७४ पटक पढिएको

काभ्रेमा एकैदिन ३५ जना संक्रमित थपिए

भदौ ६, काभ्रे। काभ्रेमा अाज (शनिबार) एकैदिन ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाका दुई अस्पतालमा एकैदिन ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अाज बनेपा नगरपालिका–१३, भैंसेपाटीस्थित स्पाइनल इञ्जुरी पुनर्स्थापना केन्द्रमा २३ जना र धुलिखेल अस्पतालमा १२ गरी ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

हालसम्म धुलिखेल अस्पतालका १४ जना स्वास्थ्यकर्मीमा कोराना संक्रमण पुष्टि भइसकेको छ । आज संक्रमण पुष्टि हुनेहरुमा केही स्वास्थ्यकर्मी, वार्ड ब्वाई, सुरक्षाकर्मी र चमेना गृहका कर्मचारी छन् ।

यस्तै,स्पाइनल इञ्जुरी पुनस्थार्पना केन्द्रका १३ स्वास्थ्यकर्मी र कर्मचारी र १० जना बिरामीमा संक्रमण पुष्टि भएको थियो । कन्ट्याक ट्रेसिङका आधारमा स्वाब संकलन गरीका ५९ मध्ये २३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै जिल्लामा संक्रमितको संख्या १ सय ३९ पुगेको छ । यो अवधिमा २ जनाको कोरोना संक्रमणका कारण निधन भएको छ भने ४३ जना निको भएर घर फर्किसकेका छन् । ५९ जना विभिन्न अस्पताल र होम आइसोलेसनमा छन् ।


प्रतिक्रिया दिनुहोस