समस्यामा परेकाकाे भाेक मेटाउदै ‘ग्लोवल नेपालीज सेफ फेडेरेसन”

नौलो समाचार संवाददाता
२०७७ भाद्र २१, आईतबार मा प्रकाशित १३३३ पटक पढिएको
समस्यामा परेकाकाे भाेक मेटाउदै ‘ग्लोवल नेपालीज सेफ फेडेरेसन”

भदौ २१, काठमाडौ। ग्लोवल नेपालीज सेफ फेडेरेसनले वोधिसत्व विहारको सहयोगमा काठमाडाैँँका विभिन्न स्थानमा भोक मेटाउने सामाजिक कार्य गरिरहेको छ ।

नेपाली सेफ(कुकहरु)को संस्थाको व्यवस्थापन र वोधिसत्व विहारको खाध्यान्न सहयोगमा १५ दिनदेखि निरन्तर रुपमा कान्ति वाल अस्पतालमा ६० जना विरामीका कुरुवा तथा स्वास्थ्यकर्मिहरुलाई खाना तथा खाजाको व्यवस्थापन गरिरहेको छ ।

त्यसैगरी यो महामारीकाे समयमा अाफ्नाे स्वाास्थ्यलाई दाउमा राखेर सुरक्षा दिई रहेका २०० जना भन्दा वढी नेपाल प्रहरी, ट्राफिक प्रहरी लगायतलाई गोजिमा पैसा भएता पनि होटल-रेष्टुराँ नखुलेर खाजा/पानिमा समस्या परेको देखेर संस्थाले आफ्नै ल्यावको बेकरीमा शक्ति बर्दक (हाई इनर्जि) फ्रुटकेक, गेडागुडीको तरकारी, स्यानिटाइजर वितरण गर्ने काम १ हप्तादेखि निरन्तर गरिरहेको संस्थाका अध्यक्ष लक्ष्मणप्रसाद भण्डारीले जानकारी दिए । फेडेरेसनले तयार गरेको परिकार र खाध्य सामग्री पनि फरक क्षमता भएका व्यक्तिहरुलाई वितरण गरिरहेको वोधिसत्व विहारका मेनेजर शान्त शर्माले वताए ।

काभ्रेको बनेपामा रहेका ३० जना ट्राफिक प्रहरीलाई पनि पकेट स्यानिटाइजरकाे व्यवस्था गरिएकाे थियाे। यस कामको लागि सेराटन होटल तालिम केन्द्र, मुनलाईट टेलिभिजनले पनि सहयोग गरिरहेका छन ।

काठमाडाैँमा अहिले होटल ,रेष्टुराँ केहि पनि नखुलेको र त्यसमा निरर्भर रहेका कुकुरहरुलाई पनि खाना खुवाईएकाे संस्थाका महासचिव मोहन गजुरेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस