प्रति सेकेण्ड ६० फ्रेम फोरके भिडियो खिच्ने सोनी क्यामेरा आउँदै

नौलो समाचार संवाददाता
२०७७ आश्विन १४, बुधबार मा प्रकाशित १०५८ पटक पढिएको
प्रति सेकेण्ड ६० फ्रेम फोरके भिडियो खिच्ने सोनी क्यामेरा आउँदै

असाेेज १४,काठमाडौं । सोनी ए सेभेन आईभी (चौथो) काे केही फिचर लिक भएकाे छ । मिड रेन्ज मोडलको यो क्यामेरामा ब्राण्ड न्यू ३० मेगा पिक्सेल सेन्सर, डुअल एसडी कार्ड र सीएफएक्सप्रेस टाइप ए मेमोरी कार्ड स्लट रहेका छन् ।

सोनीमा नयाँ मेनु सिस्टम छ भने यसले ६० फ्रेम प्रति सेकेण्डको फोर के भिडियो लिन सक्छ । भिडियो लिने क्रममा क्यामेरा तात्तिने जस्ता समस्या देखा नपर्ने बताइएकाे छ ।

सोनी ए सेभेन चौंथो क्यामेरा ए सेभेन सिरिजको सफल तेस्रो क्यामेरापछिको नयाँ मोडल हो ।  ए सेभेन तेस्रो क्यामेरा अघिल्लो वर्ष २०१८ मा सार्वजनिक भएको थियो ।

उक्त क्यामेरा निकै नै सफल र राम्रो मानिन्छ । तेस्रो मोडल फुल फ्रेम अल्फा फ्यामिली भित्रको सबैभन्दा सानो क्यामेरा मानिन्थ्यो । तर, अहिले यसको स्थान ए सेभेन सी मोडलले लिइसकेकाे छ ।

उक्त क्यामेरामा फ्लिप स्क्रिन र राम्रो अटोफोकस थियो, तर यसको स्टेबलाइजेसनलाई भने खराब मानिन्छ ।

नयाँ क्यामेरा सोनी ए सेभेन चौंथोमा विङ्गल रुम ठूलो छ । फिचरको मामिलामा यो क्यामेरा एकदमै बोल्ड छ ।

लिक भएको रिपोर्ट अनुसार यसको रेज्युलेसन यसको पूर्ववर्ती मोडल ए सेभेन तेस्रो र ए सेभेन सीको भन्दा राम्रो रहेको छ ।

ए सेभेन चौंथो मोडलमा ए सेभेन एस तेस्रोको सुधारिएको लेआउट र टच इन्पुट रहेको छ ।

यसले फोरके भिडीयो प्रति सेकेण्ड ६० फ्रेमसम्म खिच्न सक्छ, जुन क्यानन ईओएस आर फाइभ, क्यानन ईओएस आर सिक्स र फुजिफिल्म एक्स टी फोर जस्ता क्यामेराले खिच्न सक्दैन ।

यति धेरै फ्रेम खिच्दा पनि यसमा तात्तिने समस्या भने नआउने रिपोर्टमा उल्लेख छ ।

यो हाईब्रिड सूटर तथा कन्टेन्ट क्रिएटरहरुका लागि एकदमै राम्रो क्यामेरा हो ।

लिक भएको रिपोर्ट अनुसार यसको बडी ए सेभेन तेस्रोको तुलनामा ठूलो र सजिलो छ । यसमा ३.६८ एम डट इभीएफ र १.४४ एम डट एलसीडी रहेको छ ।

यसमा नयाँ विकसित ३० मेगापिक्सलको सेन्सर रहेको छ । रिपोर्ट अनुसार क्यामेराको मूल्य २ हजार ४९९ अमेरिकी डलर रहने छ ।

प्रतिक्रिया दिनुहोस