ओप्पोले नेपालमा सुरु गर्‍यो नछोएरै कल उठाउन मिल्ने फोनको बिक्री

नौलो समाचार संवाददाता
२०७७ आश्विन १६, शुक्रबार मा प्रकाशित १०३६ पटक पढिएको
ओप्पोले नेपालमा सुरु गर्‍यो नछोएरै कल उठाउन मिल्ने फोनको बिक्री

असाेज १६, काठमाडौं। ओप्पोले नेपालमा बिहीबारदेखि एफ सेभेन्टिन प्रोको बिक्री सुरु गरेको छ । कम्पनीले देशभर रहेका आफ्ना प्रमुख अफलाइन रिटेल स्टोरमार्फत स्मार्टफोनको खुल्ला गरेको हो ।

गएको आइतबार कम्पनीले अनलाइनमार्फत उक्त फोनका साथै एन्को डब्लू ५१ र ओप्पो वाच समेत सार्वजनिक गरेको थियो ।

क्यामेरा प्रविधि

एफ सेभेन्टिन प्रोमा एआईमा आधारित ६ ओटा पोट्रेट क्यामेरा रहेका छन् । जसले प्रयोगकर्तालाई पोट्रेट फोटोग्राफीका लागि सहजता प्रदान गर्नेछ ।

साथै भिडियो स्टेबलाइजेसन फिचर्स पनि यसमा रहेको छ । फोनमा दुई वटा सेल्फी क्यामेरा रहेका छन् । जसले बोके इफेक्ट समेत प्रदान गर्ने कम्पनीले जनाएको छ ।

यसमा एआई पोट्रेट कलर प्रदान गरिएको छ । जसले ब्याकग्राउण्ड कलरलाई ब्ल्याक एण्ड ह्वाइट मार्फत म्युट गराई तस्वीरमा रहेका ब्यक्ति वा विषयको वास्तविक रंग प्रदान गर्ने कम्पनीको दाबी छ ।

त्यस्तै एआई सुपर क्लियर पोट्रेटले आँखीभौ लगायत अनुहारका साना साना चारित्रिक विशेषतालाई समेत स्पष्ट रुपमा लिन सक्नेछ । साथै एआई ब्युटिफिकेसन २.० ले प्राकृतिक स्किन टोनलाई अझ बढी प्रभावकारी बनाई ससाना कुराको पनि महत्व झल्काउन मद्दत गर्ने उल्लेख गरिएको छ ।

कम प्रकाश भएका स्थानमा समेत आकर्षक पोट्रेट फोटो लिनका लागि एफ सेभेन्टिन प्रोमा एआई नाइट फ्लेर पोट्रेटले लोलाइट–एचडीआर अल्गोरिदम र बोके ईफेक्टको संयोजन गरिएको छ ।

फोनको क्यामेरामा अल्ट्रा स्टिडी भिडियो प्रविधि प्रयोग गरिएको छ । जसमार्फत प्रयोगकर्ताले स्थिर, स्पष्ट र आकर्षक भिडियो खिच्न सक्नेछन् ।

फिचर

७.४८ एमएम अल्ट्रा–स्लिक बडी डिजाइनका साथ आएको यो फोनलाई राउन्ड एज डिजाइन प्रदान गरिएको छ । ६.४३ ईञ्चको डुअल पञ्च–होल डिस्प्लेको प्रयोग गरिएको फोनमा एफएचडी प्लस सुपर एमोलेड डिस्प्ले रहेको छ । यसको स्क्रिन–टू–बडी रेसियो ९०.७ प्रतिशत रहेको छ ।

एन्ड्रोइड इलाभनेमा आधारित कलर ओएसमा चल्ने एफ सेभेन्टिन प्रोमा मिडियाटेक हेलियो पी ९५ एआई चिपसेट प्रयोग गरिएको छ । आठ जीबी र्‍याम र १२८ जीबी रोम रहेको यो फोनमा एयर जेस्चर प्रविधिको राखिएको छ ।

जसको सहायताले फोनको स्क्रिनमा नछोइकनै पनि २० देखि ५० सेन्टिमिटर सम्मको दूरीबाट इशारामार्फत कल उठाउन सकिने छ । विशेषगरी हात भिजेका वा फोहर भएका अवस्थामा फोन छुँदा स्क्रिनमा हानी पुग्ने सम्भावना हुन्छ ।

त्यस्तो बेला यो फिचर निकै उपयोगी हुने उल्लेख गरिएको छ । एफ सेभेन्टिन प्रोमा ईन्फाइनाइट एज डिजाइन, आर्टिस्टिक वालपेपर, ओपोज् स्क्रिन ईमेज ईञ्जिन (ओएसआईई) अल्ट्रा क्लियर भिजुअल इफेक्ट र डार्क मोड लगायतका फिचर रहेका छन् ।

फोनमा उपलब्ध नयाँ डार्क मोडले मोबाइलको ब्याट्री खपत ३८ प्रतिशतले कम गराउँछ ।

प्रयोगकर्ताले र्डाक मोड आफ्नो आवश्यकता अनुसार तयार पार्न सक्छन् । एफ सेभेन्टिन प्रोमा मल्टिटास्किङका लागि क्विक रिटर्न बबल फिचर दिइएको कम्पनीले जनाएको छ ।

जसमार्फत एक क्लिककै भरमा एप तथा स्क्रिन स्विच गर्न सकिने छ । त्यसैगरी यसमा रहेको हाई–ब्याण्डविथ डिजिटल कन्टेन्ट प्रोटेक्सन (एचडीसीपी) फिचरमार्फत प्रयोगकर्ताले नेटफ्लिक्स एचडी तथा एमेजन प्राइम भिडियो लगायत भिडियो तथा इन्टरटेनमेन्ट एपका कपीराइट लाग्ने एचडी शोहरु ठूलो स्क्रिनमा हेर्न सक्नेछन् ।

सुरक्षाका लागि फोनमा ईन–डिस्प्ले फिंगरप्रिन्ट स्क्यानर र उपकरण अनलकिङका लागि फेस अनलक प्रविधि पनि उपलब्ध छ । फोनमा ३० वाट भोक फ्ल्याश चार्जका साथै ४.० र्‍यापिड चार्ज प्रविधि प्रयोग गरिएको छ ।

जसमार्फत ५ मिनेट फोन चार्ज गर्दा ४ घण्टा प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार फोन जम्मा ३५ मिनेटमा फुल चार्ज हुनेछ ।

ओपो एफ सेभेन्टिन प्रोको मूल्य

आठ जीबी र्‍याम र १२८ जीबी रोम रहेको ओप्पो एफ१७ प्रोको मूल्य ४३ हजार ९ सय ९० तोकिएको छ । कम्पनीले स्मार्टफोन म्याजिक ब्लु र म्याट ब्ल्याक गरी दूई आकर्षक रंगमा उपलब्ध गराएको छ ।

प्रतिक्रिया दिनुहोस