कोरोना संक्रमणबाट थप १५ जनाको मृत्यु, संक्रमितको संख्या नेपालमा अहिलेसम्मकै उच्च

हालसम्म संक्रमितको संख्या ९० हजार ८१४
नौलो समाचार संवाददाता
२०७७ आश्विन २१, बुधबार मा प्रकाशित ९४५ पटक पढिएको
कोरोना संक्रमणबाट थप १५ जनाको मृत्यु, संक्रमितको संख्या नेपालमा अहिलेसम्मकै उच्च

असोज २१, काठमाडौं । नेपालमा आज (बुधवार) थप ३ हजार ४३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधवार थपिएका कोरोना संक्रमितको संख्या नेपालमा अहिलेसम्मकै उच्च हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९० हजार ८१४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार गत २४ घण्टामा थप १५ जनाको कोरोना संक्रमणबाट मुत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट ५७८ जनाको मृत्यु पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार बुधवारसम्ममा नेपालमा सक्रिय संक्रमितको संख्या २५ हजार ७ जना रहेका छन् । त्यसैगरी हाल क्वारेन्टाइनमा ४ हजार १६४ जना रहेका छन् । आईसोलेशनमा २५ हजार ७ जना रहेका छन् । विगत २४ घण्टामा मात्र १ हजार १२६ जना संक्रमणमुक्त भएका छन् ।मन्त्रालयका अनुसार गत २४ घण्टामा कोरोना निको हुनेको संख्या १ हजार १२६ रहेको छ ।

हाल संस्थागत आईसोलेसनमा १० हजार ५९६ जना र होम आईसोलेशनमा १४ हजार ४११ जना रहेका छन् । गत २४ घण्टामा १४ हजार २०९ ओटा पीसीआर परीक्षण भएको छ । हालसम्म मुलुकभर कुल ११ लाख १३ हजार ४८५ परीक्षण भइसकेको छ ।

प्रवक्ता गौतमले हालसम्म ६८ हजार ६६८ जना डिस्चार्ज भएको बताए । बुधवार थपिएका कोरोना संक्रमितमध्ये १ हजार ६८४ जना काठमाडौं उपत्यकाका रहेका  छन् । संक्रमितमध्ये काठमाडौं जिल्लाका १ हजार २९६ जना, ललितपुर जिल्लाका २९३ जना र भक्तपुर जिल्लाका ९५ जनामा संक्रमण पुष्टि भएको हो।

प्रतिक्रिया दिनुहोस