एसडी कार्डलाई यसरी बनाउनुहोस् इन्टर्नल स्टोरेज

नौलो समाचार संवाददाता
२०७७ आश्विन २३, शुक्रबार मा प्रकाशित ११७५ पटक पढिएको
एसडी कार्डलाई यसरी बनाउनुहोस् इन्टर्नल स्टोरेज

असोज २३,काठमाडौं। यदि तपाईंको एन्ड्रोइड स्मार्टफोनमा इन्टर्नल स्टोरेज सीमित छ भने पक्कै धेरै समस्या भाेगिरहनु भएकाे छ होला । इन्टर्नल स्टोरेजको पूर्ण प्रयोग नगर्दा पनि फोनले पर्याप्त स्टोरेज नभएको नोटिफिकेशन दिने गर्छ ।

वास्तवमा आधा वा एक तिहाई स्टोरेज फोनको सफ्टवेयर अपडेटका लागि रहन्छ । यही कारण तपाईंलाई नयाँ एपहरु इन्स्टल गर्न पनि समस्या आउने गर्छ । साथमा फोन क्यामेराबाट भिडियो र फोटो समेत क्लिक हुँदैन ।

आज हामी तपाईंलाई मेमोरी कार्ड वा एसडी कार्डलाई नै इन्टर्नल स्टोरेजको रुपमा कसरी प्रयोग गर्ने भन्ने जानकारी दिँदैछौं । यो ट्रिकलाई कुनै पनि एप्लिकेशनको आवश्यक पर्दैन । फोनकाे सेटिङमार्फत याे काम सजिलैसँग सम्पन्न हुन्छ।

मानौं तपाईंको फोनमा ४ जीबीको इन्टर्नल स्टाेरेज र ३२ जीबीको मेमोरी कार्ड छ भने अब फाेनकाे कुल मेमाेरी ३२ जीबीकाे बनाउन सकिन्छ । याे प्रक्रियापछि सबै फाइलहरू मेमोरी कार्डमा सेभ हुनेछन् ।

यसरी सजली एसडी कार्डलाई इन्टर्नल स्टोरेजको रुपमा प्रयोग गर्नुहोस्

१. सबैभन्दा पहिले फोनमा एसडी कार्ड राख्नुहोस् ।

२. फोन सेटिङ्समा जानुहोस् र स्टोरेज एण्ड यूएसबी अप्सनमा ट्याप गर्नुहोस् ।

३. स्टोरेज अप्सनकाे तल एसडी कार्डको नाम देख्नुहुनेछ ।

४. एसडी कार्डमा ट्याप गर्नुहोस् । त्यसो गर्नाले नयाँ पेज खुल्नेछ ।

५. अब फाेनकाे स्क्रिनकाे दाहिनेतर्फ माथि तीन भर्टिकल डट्स देखा पर्नेछ, यसमा ट्याप गर्नुहोस् ।

६. यसपछि तपाईंले २ अप्सन देख्नुहुनेछ, जसमा तपाईंले स्टाेरेज सेटिंङ्समा ट्याप गर्नुपर्नेछ ।

७. अब तपाईंले फर्म्याट एज इन्टर्नल अप्सनमा ट्याप गर्नुहाेस् ।अब इरेज एण्ड फर्म्याट अप्सनमा ट्याप गर्नुहोस्। यसपछि एसडी कार्ड फाेनकाे इन्टर्नल स्टाेरेज बन्ने प्रक्रिया सुरू हुनेछ ।

८. अब आफ्नो एसडी कार्ड स्लो भएको नोटिफिकेशन तपाईंले स्किृनमा देख्नुहुनेछ । कन्टिन्यु गर्न ओके बटन थिच्नुहोस् ।

९. यसपछि तपाईंले नयाँ स्टोरेजमा डेटाहरु मुभ गर्न सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस