आज देशभर ३ हजार १६७ संक्रमित थपिए : १२ को मृत्यु

उपत्यकामा मात्रै १ हजार ७४६ थपिए
नौलो समाचार संवाददाता
२०७७ कार्तिक १, शनिबार मा प्रकाशित ५६६ पटक पढिएको

आज देशभर ३ हजार १६७ संक्रमित थपिए : १२ को मृत्यु

कात्तिक १, काठमाडौं। पछिल्लो २४ घण्टामा नेपालमा तीन हजार एक सय ६७ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा संक्रमितको संख्या एक लाख २९ हजार ३०४ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौं उपत्यकामा मात्र शुक्रबार १७ सय ४६ जनामा संक्रमण पुष्टि भएको छ। जसमध्ये काठमाडौंका मात्र १४ सय ५१, भक्तपुरमा १४३ र ललितपुरका १५२  संक्रमित थपिएका हुन् ।

गौतमका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ३८ हजार ७३७ पुगेको छ। अहिले संस्थागत आइसोलेशनमा १३ हजार २९९ जना रहेका छन् भने होम आइसोलेशनमा २५ हजार ४३८ जना छन्। यस्तै क्वारेन्टाइनमा चार हजार ७१५ जना छन्।

शनिबार १८०० जना डिस्चार्ज भएका छन्। योसँगै नेपालमा कोरोना जित्नेको संख्या ८९ हजार ८४० पुगेको छ। यो कुल संक्रमितको ६९ दशमलव चार प्रतिशत हो।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ७२७ पुगेको छ।


प्रतिक्रिया दिनुहोस