‘जिओ’ काे फाइभजी स्मार्टफोन आउदै, मूल्य केवल ४८ सय रुपैयाँ !

नौलो समाचार संवाददाता
२०७७ कार्तिक ४, मंगलबार मा प्रकाशित १३१ पटक पढिएको



कात्तिक ४, काठमाडौं। रिलायन्स जिओले चाँडै नै भारतीय बजारका लागि एन्ड्रोइडमा आधारित फोरजी तथा फाइभजी स्मार्टफोन सार्वजनिक गर्ने तयारी गरेको छ । सस्तो मूल्यको फाइभजी फोनको रुपमा आउने यो ह्याण्डसेटको मूल्य तीन हजार रुपैयाँ भारु अर्थात ४८ सय नेपाली रुपैयाँमै उपलब्ध हुने बताइएको छ ।

फाइभजी स्मार्टफोन अघि जिओको फोरजी स्मार्टफोन सार्वजनिक हुनेछ । कम्पनीले फोनको बिक्री बढेको खण्डमा त्यसको मूल्य २५ सय रुपैयाँदेखि तीन हजार रुपैयाँ भारुमा उपलब्ध गराउने विभिन्न रिपाेर्टले उल्लेख गरेका छन् ।

हाल फाइभजी स्मार्टफोनको मूल्य भारतमा ४० हजार रुपैयाँमाथि छ । जिओ फाइभजी स्मार्टफोन भारतमा कहिले सार्वजनिक हुनेछ भन्ने स्पष्ट भइसकेको छैन । तर मिडिया रिपोर्टहरुमा २०२१ सम्म यो स्मार्टफोन सार्वजनिक हुने दाबी गरिएको छ ।

ब्लुमबर्गको एक रिपोर्टमा जिओ एन्ड्रोइडमा आधारित फोरजी स्मार्टफोन सार्वजनिक गर्ने तयारीमा छ । जिओ फोरजी स्मार्टफोन भारतमा यसै सालको डिसेम्बरमा सार्वजनिक हुनेछ ।

कम्पनीकाे फोरजी स्मार्टफोनको मूल्य चार हजार रुपैयाँ हुनेछ । कम्पनीले आउँदो दुई वर्षमा करिब २० करोडभन्दा बढी स्मार्टफोन उत्पादन गर्ने लक्ष्य लिएको छ ।

जिओले एन्ड्रोइडमा आधारित फोरजी स्मार्टफोन सार्वजनिक गर्नका लागि गुगलसँग सहकार्य गरेको छ । जसबाट कम मूल्यमै भारतीय बजारमा फोरजी र फाइभजी स्मार्टफोन उपलब्ध गराउने योजना बनाइएको छ ।

यी फोनहरुमा एन्ड्रोइडको नयाँ अपरेटिङ सिस्टम हुनेछ । जिओमा गुगलले गत जुलाईमा ३३ हजार ७३७ करोड भारु लगानी गरेको थियो ।

जिओ आफैं फाइभजी नेटवर्कका लागि आवश्यक उपकरणमा समेत काम गरिरहेको छ । कम्पनीले भारतको टेलिकम विभागसँग चाँडोभन्दा चाँडो फाइभजी स्पेक्ट्रम बढाबढ गर्न माग गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस