काेराेना महामारीबिच फिल्म ‘चिलगाडी’ निर्माणको घोषणा

नौलो समाचार संवाददाता
२०७७ कार्तिक ७, शुक्रबार मा प्रकाशित ४४५ पटक पढिएको
काेराेना महामारीबिच फिल्म ‘चिलगाडी’ निर्माणको घोषणा

कात्तिक ७, काठमाडौं। कोरोना भाइरसका कारण फिल्म क्षेत्रमा जारी प्रतिबन्ध र मन्दिबीच फिल्म घोषणा गरिएको छ।

(शुक्रबार) दशैंको सातौ दिन फूलपातीको अवसर पारेर चलचित्र ‘चिलगाडी’को घोषणा गरिएको छ । जनकदिप पराजुलीले यो चलचित्रको निर्देशन गर्ने पक्का भएको छ ।

सागर प्रधानको छायांकन रहने चलचित्रका लागि नायक नाजिर हुसेन फाइनल भैसकेका छन् । अन्य कलाकार दशैंपछि तय गरिने निर्माणपक्षले बताएको छ । चलचित्रमा नायिका केकी अधिकारी फाइनल भन्ने चर्चा चलेपनि उनीसँग कुरा पक्का भएको छैन । निर्माणपक्षले दशैंपछि नायिका फाइनल गर्ने बताएको छ ।

फागुणबाट छायांकनमा जाने चलचित्रलाई आउँदो बर्षको दशैंमा रिलिज गर्ने योजना निर्माताको छ । रघुनाथ सापकोटाको निर्माणमा बन्न लागेको चलचित्रमा यम थापाको कथा छ ।

प्रतिक्रिया दिनुहोस