काभ्रेमा कोरोनाबाट थप एक जनाको निधन, ३० जना नयाँ संक्रमित थपिए

२५ जनाले जिते कोरोना
नौलो समाचार संवाददाता
२०७७ कार्तिक ८, शनिबार मा प्रकाशित ४०६ पटक पढिएको
काभ्रेमा कोरोनाबाट थप एक जनाको निधन, ३० जना नयाँ संक्रमित थपिए

कात्तिक ८, काभ्रे। काभ्रेमा आज कोरोना भाइरसका थप एक जना विरामीको निधन भएको छ । स्वास्थ्य कार्यालय काभ्रेका अनुसार बनेपा नगरपालिकाका ७८ बर्षीय महिलाको निधन भएको हो । काभ्रेमा योसंगै कोरोना भाइरसका कारण १६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ९ जना पुरुष र ७ जना महिला रहेका छन् ।

जिल्लामा आज ३० कोरोना भाइरसको संक्रमित थपिएका छन् । थपिनेमा सबैभन्दा बढी बनेपा नगरपालिकाका ११ जना महिला र ७ जना पुरुष छन् । त्यस्तै पनौती नगरपालिकाका ४ जना महिला र ३ जना पुरुष, धुलिखेलका ३ पुरुष र १ महिला तथा पाँचखाल नगरपालिका १ जना पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । योसँगै काभ्रेमा संक्रमितको संख्या १५ सय ११ पुगेको छ ।

२५ जनाले जिते कोरोना

काभ्रेमा आज २५ जनाले कोरोना जितेका छन् । जिल्लामा हालसम्म निको हुनेको संख्या ९४० पुगेको छ । ६ सय ७ जना पुरुष र ३ सय ३३ जना महिला निको भएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर नरेन्द्र कुमार झाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस