आज १९ सय ५४ कोरोना संक्रमित थपिए, २९ सय ८१ डिस्चार्ज, ११ को मृत्यु

नौलो समाचार संवाददाता
२०७७ कार्तिक १२, बुधबार मा प्रकाशित ३९७ पटक पढिएको
आज १९ सय ५४ कोरोना संक्रमित थपिए, २९ सय ८१ डिस्चार्ज, ११ को मृत्यु

कात्तिक १२, काठमाडौं। नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या १ लाख ‍६२ हजार ३५४ पुगेको छ। पछिल्लो २४ घण्टामा १९ सय ५४  जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या  १ लाख ‍६२ हजार ३५४ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

३९ हजार ६४३ कोरोनाका सक्रिय संक्रमित छन्। यस्तै मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा ७ हजार ७०९ जना छन् भने क्वारेन्टाइनमा २ हजार ८८९ जना रहेका छन्।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ८ हजार २४८ नमूनाको पीसीआर परीक्षण भएको छ। बुधबार २९ सय ८१ जनाले कोरोना जितेर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ। योसँगै कुल डिस्चार्ज हुनेको संख्या १ लाख २१ हजार ८२४ पुगेको छ।

आइसीयूमा २९० जनाको र ७२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। नेपालमा कोरोनाबाट ८८७ जनाको मृत्यु भएको छ। बुधबार मात्रै ११ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ।

प्रतिक्रिया दिनुहोस