कोराेनाका कारण काभ्रेली पत्रकार विष्णु चौलागाईंकाे निधन

नौलो समाचार संवाददाता
२०७७ कार्तिक १४, शुक्रबार मा प्रकाशित ११०८ पटक पढिएको
कोराेनाका कारण काभ्रेली पत्रकार विष्णु चौलागाईंकाे निधन

कात्तिक १४, काभ्रे। काेराेनाका कारण काभ्रेका अग्रज पत्रकार विष्णु चौलागाईंकाे निधन भएको छ।

उहाँकाे उपचारको क्रममा ओम अस्पतालमा आज बिहान ४ बजे उहाँको निधन भएको काभ्रे पोष्टका पत्रकार तथा उहाँका भाइ दीपकप्रसाद चौलागाईंले जानकारी दिनुभयो।

नेपाल पत्रकार महासंघ काभ्रेका सदस्य तथा काभ्रे पोस्टका प्रधान सम्पादक चाैलागाइँलाइ गत असोज २६ गते चौलागाईंमा कोरोना संक्रमण पुष्टि भएको थियो।

संक्रमण पुष्टि भएपछि हाेम आइसोलेसन बसिरहेका ५१ वर्षीय चौलागाईंलाइ ज्वरो बढेपछि कात्तिक १ गते उनलाई उपचारका लागि काठमाडौंस्थित ओम अस्पतालमा भर्ना गरिएको थियो।

ब्रोनक्राइटिस पीडित उनमा कोरोना संक्रमण पनि देखिएपछि स्वास्थ्य अवस्था बिग्रँदै गएको थियो।

चौलागाईं लामो समयदेखि काभ्रेमा रहेर पत्रकारितामा क्रियाशील हुनुहुन्थ्यो।

उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टी गरिनेछ।

नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले चौलागाईंको निधनको खबरले स्तब्ध भएको उल्लेख गरेका छन्।

प्रतिक्रिया दिनुहोस