काेराेना काभ्रे: ४४ नयाँ संक्रमित थपिए, ५ जना डिस्चार्ज

एक जनाकाे मृत्यु
नौलो समाचार संवाददाता
२०७७ कार्तिक १४, शुक्रबार मा प्रकाशित ६८६ पटक पढिएको

काेराेना काभ्रे: ४४ नयाँ संक्रमित थपिए, ५ जना डिस्चार्ज

कात्तिक १४, काभ्रे। काभ्रेमा आज (शुक्रबार) ४४ जना नयाँ संक्रमित थपिएका छन्। जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख नरेन्द्रकुमार झाका अनुसार अाज थपिएका मध्ये सबैभन्दा धेरै बनेपाका रहेका छन्।

जिल्ला स्वास्थ्य कार्याालयकाे तथ्याङ्क अनुसार बनेपा नगरपालिकामा २५ जना, धुलिखेल नगरपालिकाका ११, पनाैती नगरपालिकामा ४, नमाेेबुद्ध नगरपालिका १, मण्डनदेेउपुर नगपालिका १, बेथानचाेक गाउँपालिका १, भुम्लुगाउँपालिका १ गरी जम्मा ४४ संक्रमित भेटिएका हुन्।

यस्तै काेराेना संक्रमणका कारण जिल्लामा आज थप एक जनाको निधन भएको छ। काभ्रे पाेष्ट साप्ताहिकका प्रकाशक एवं प्रधानसम्पादक तथा पत्रकार काभ्रेका सदस्य बिष्णुप्रसाद चाैैैलागाइँकाे निधन भएको हो। काभ्रे चाैरीदेेउराली गाउँपालिका-५ निवासी अग्रज पत्रकार चाैलागाइँकाे आज काठमाडौंस्थित अाेेम अस्पतालमा निधन भएको हो।

यस्तै अाज उपचार पश्चात निकाे भइ ५ जना डिस्चार्ज भएका छन्। जिल्लामा सक्रिय संक्रमितकाे संख्या ४८२ रहेको छ।


प्रतिक्रिया दिनुहोस