शुक्रबार थपिए ३५१७ जना कोरोना संक्रमित, १६ जनाको मृत्यु

नौलो समाचार संवाददाता
२०७७ कार्तिक १४, शुक्रबार मा प्रकाशित ६४ पटक पढिएको



कात्तिक १४, काठमाडौँ। नेपालमा पछिल्लो २४ घण्टामा थप  ३ हजार ५ सय १७ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ६८ हजार २ सय ३५ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार ४ हजार ९६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या १ लाख २८ हजार ९ सय ५८  पुगेको छ।

पछिल्लो २४ घण्टामा १४ हजार ९ सय ८९ जनाको पीसीआर परीक्षण गरिएको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ३ सय ५७ रहेको छ भने २ हजार ६ सय ६६ जना क्वारेन्टिनमा छन्।

पछिल्लो २४ घण्टामा थप १६ जनाको कोरोनाबाट मृत्यु भएको छ। यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ सय २० पुगेको छ।

प्रतिक्रिया दिनुहोस