नेपालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या १ हजार नाघ्यो, आज २० जनाको मृत्यु

नौलो समाचार संवाददाता
२०७७ कार्तिक १८, मंगलबार मा प्रकाशित ८१७ पटक पढिएको
नेपालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या १ हजार नाघ्यो, आज २० जनाको मृत्यु

कात्तिक १८, काठमाडौँ। नेपालमा कोरोना संक्रमित मृतकको संख्या एक हजार नाघेको छ। गत २४ घण्टामा २० जना संक्रमितको मृत्यु भएसँगै मृतकको संख्या १ हजार ४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि सोमबार २४ जनाको मृत्यु भएको थियो।

गत २४ घण्टामा ३ हजार १ सय १४ भेटिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ७९ हजार ६ सय १४ पुगेको छ। कुल संक्रमितमध्ये ३७ हजार ४ सय ७६ सक्रिय संक्रमित छन्।

कोरोनाको आशंकामा गत २४ घण्टामा ११ हजार १ सय ६६ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै नेपालमा कुल पिसिआर परीक्षणको संख्या १४ लाख ० हजार ९ सय ७ पुगेको मन्त्रालयले जनाएको छ। हाल १ हजार २ सय ७७ जना क्वारेन्टाइनमा छन्।

प्रतिक्रिया दिनुहोस