गायक आनन्द खत्रीको ‘तिम्रो बोलीले’ गीत सार्वजनिक

नौलो समाचार संवाददाता
२०७७ मंसिर ६, शनिबार मा प्रकाशित ८३३ पटक पढिएको
गायक आनन्द खत्रीको ‘तिम्रो बोलीले’ गीत सार्वजनिक

मंसिर ६ । गायक आनन्द खत्रीको नविनतम गीत ‘तिम्रो बोलीले’ को भिडियो हालै सार्वजनिक भएको छ ।

माया प्रेममा आउने उतार चढावलाई मीठो शब्दमा तयार गरिएको ‘तिम्रो बोलीले’ गीतलाई गायक खत्रीले निकै नै मीठो लोक पप भाकामा तयार पारेका छन् । यूवापुस्तालाई विशेष ध्यान दिएर कोरिएको शब्दहरुमा उतिकै मिठास स्वरले भरेका छन् खत्रीले ।

प्रेमिल जोडीको रोमान्चक कथावस्तुलाई समेटिएको ‘तिम्रो बोलीले’ बोलको गीतको भिडियोमा अनु खड्का, क्रिसल श्रेष्ठले मुख्य भूमिकामा अभिनय गरेका छन् भने उनीहरुलाई सन्तोष केसी, पर्ल शाक्य, युजन श्रेष्ठ, रंजित महतले अभिनयमा साथ दिएका छन् । भिडियोमा अनु खड्काको कोरियोग्राफी, प्रजिता श्रेष्ठ र स्रिष्टीना श्रेष्ठको श्रृङ्गार, आयुष महतको ड्रोन अपरेट, विबेक शाक्यको छायाँकन, सम्पादन, कलरिङ तथा निर्देशन रहेको छ ।

आनन्द खत्री एण्ड फ्रेण्ड्सको प्रस्तुति  ‘तिम्रो बोलीले’मा गायक खत्री कै शब्द, संगित, विवेक शाक्यको संगित एरेन्ज रहेको छ भने गितको भिडियो गायक खत्रीको आफ्नै युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ ।

गितको भिडियो निकै नै उत्कृष्ट बनेकोमा गीतले राम्रो बजार पाउनेमा ढुक्क रहेको गायक खत्री ढुक्क देखिन्छन् । गीत संगीतलाई अति नै माय गर्ने खत्रीको यसअघि पनि राम्रा राम्रा गीहरु बजारमा आइसकेका छन् भने थुप्रै गीत रेकर्डिङको तयारीमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस