क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना संक्रमण

नौलो समाचार संवाददाता
२०७७ मंसिर १३, शनिबार मा प्रकाशित १८९२ पटक पढिएको

क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना संक्रमण

मंसिर १३, काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

शनिबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत सन्दीपले आफूलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । उनी आहिले सेल्फे आइसोलेशनमा छन् ।

बुधबार कोरोनाको लक्षण देखिएपछि स्वाब दिएका सन्दीपको पीसीआर रिपोर्ट शुक्रबार आएको हो । स्वास्थ्य अवस्था सामान्य भएको र चाँडै मैदान फर्किने विश्वास उनले व्यक्त गरेका छन् ।

बन्द प्रशिक्षण अघि गरिएको स्वाब संकलनमा कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दिपेन्द्र सिंह ऐरी र रोहित पौडेलमा संक्रमण पुष्टि भएको थियो ।


प्रतिक्रिया दिनुहोस