काभ्रेमा आज ३५ जनामा कोरोना संक्रमण, २७ जना संक्रमणमुक्त

नौलो समाचार संवाददाता
२०७७ मंसिर १५, सोमबार मा प्रकाशित ६०४ पटक पढिएको
काभ्रेमा आज ३५ जनामा कोरोना संक्रमण, २७ जना संक्रमणमुक्त

मंसिर १५ काभ्रे । जिल्लामा आज थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । त्यस्तै जिल्लाका २७ जना संक्रमित संक्रमणमुक्त भएको कार्यालयको जानकारी छ ।

जिल्लामा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा।नरेन्द्र कुमार झाले बताए । उनका अनुसार मृत्यु हुनेमा मण्डनदेउपुर नगरपालिकाका ७५ वर्षीय पुरुष रहेका छन् । उनको उपचारको क्रममा भक्तपुरको मध्यपुर ठिमी अस्पतालमा मंसिर १३ गते मृत्यु भएको डा।झले जानकारी दिए । मृतकमा मंसिर १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै जिल्लाका ३७ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

आज थपिएका संक्रमितमध्ये बनेपा नगरपालिकाबाट ४ जना पुरुष र ६ जना महिला, धुुलिखेल नगरपालिकाबाट २ जना महिला र ४ जना पुरुष, पनौती नगरपालिकाबाट १ जना महिला र ४ जना पुरुष, पाँचखाल नगरपालिकाबाट १ जना महिला र ३ जना पुरुष, बेथानचोक गाउँपालिकाबाट २ जना महिला र २ जना पुरुष, मण्डनदेउपुर नगरपालिकाबाट ३ महिला र २ जना पुरुष र रोशी गाउँपालिकाबाट १ जना महिला गरी जिल्लामा आज ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको कार्यालयका प्रमुख डा. नरेन्द्रकुमार झाले बताए ।

उनका अनुसार योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या २९ सय १२ पुगेको छ । त्यस्तै जिल्लामा अहिले २ सय ७३ जना सक्रिय कोरोना संक्रमित रहेको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार जिल्लाका संक्रमितमध्ये २६ सय २ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस