चैत १२, काठमाडौं । काठमाडौंमा थप एकजनालाई कोरोना संक्रमण पुष्टि भएको छ । एक पुरुषमा मंगलबार उनको नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएको थियो । मंगलबार बेलुका कोरोना पोजेटिभ देखिएको थियो । तर, सार्वजनिक भने आज गरिएको हो ।
टेकुस्थित शुक्रराज ट्रपिकल तथा रोग नियन्त्रण प्रयोगशालामा उपचार भइरहेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका सूचना अधिकारी सूचना अधिकारी राजेशकुमार गुप्ताले जानकारी दिए ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या तीन पुगेको छ । यसअघि माघ ९ गते चीनबाट आएका एकजनामा कोरोना देखिएको थियो । अहिले उनलाई उपचारपछि सञ्चो भएको स्वास्थ्य मन्त्रालयले दाबी गरेको छ ।
त्यसैगरी चैत १० गते फ्रान्सबाट कतार हुँदै नेपाल आएकी एक १९ वर्षीया किशोरीमा पनि कोरोना संक्रमण देखिएको पुष्टि गरिएको छ ।
उनको पनि हाल टेकुस्थित अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य भएको बताइएको छ ।
विश्वभरका १९७ मुलुकमा फैलिएको कोरोना संक्रमितको संख्या चार लाखभन्दा बढी पुगेको छ भने करिब २० हजारको मृत्यु भएको छ ।
प्रतिक्रिया दिनुहोस