कोरोनाभाइरस : स्थिति सम्हाल्ने हो भने नेपाली सेनाको नेतृत्वमा सुरक्षा निकायलाई जिम्मा दिनुपर्छ

नौलो समाचार संवाददाता
२०७६ चैत्र २३, आईतबार मा प्रकाशित १९१२ पटक पढिएको
कोरोनाभाइरस : स्थिति सम्हाल्ने हो भने नेपाली सेनाको नेतृत्वमा सुरक्षा निकायलाई जिम्मा दिनुपर्छ

चैत २३,  काठमाडौं । अहिले विश्वभर कोरोना भाइरसले महामारीको रुप लिएको छ। विश्वका शक्तिशाली मुलुक अहिले पनि कोरोना भाइरससँग जुधिरहेका छन्। नेपालमा पनि कोरोना भाइरसका संक्रमित देखिएका छन्।

यस्तो महामारी बेला बेलामा आउँछ भन्ने सबैलाई थाहा हुन्छ, तर कहिले आउँछ भन्ने कसैलाई थाहा हुँदैन। तर यस्तो महामारी आइहाले सकरी व्यवस्थापन गर्ने भन्ने विषय महत्वपूर्ण हो। कुनै पनि विपत्ति वा महामारी आइहालेको बेला त्यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने कुरा कुनै पनि मुलुकको राष्ट्रिय सुरक्षाभित्र पर्छ।

यदि अमेरिकाले पनि पूर्व तयारी गरेको भए आजको जस्तो अवस्था आउने थिएन। आज अमेरिका जस्तो शक्तिशाली मुलुक अमेरिकामा यस्तो अवस्था छ भने यदि नेपालमा त्यस्तो अवस्था आयो भने के हालत हुन्छरु

म अमेरिकामा भएपनि यो महामारीलाई नजिकैबाट नेपालको कन्टेस्टबाट हेरिरहेको छु। अहिलेसम्म नेपाल सरकारले कोरोना नौ जनामा मात्र पुष्टि भएको दाबी गरेको छ। तर म यो तथ्यांकलाई विश्वास गर्न सक्दिन्। म अमेरिकामा भएपनि विभिन्न नेपालमा रहेका विभिन्न साथीभाइसँग कुरा गरिरहेको हुन्छु।

“महामारीको स्थितिबाट पार पाउन नेपाली सेनाको नेतृत्वमा सुरक्षा निकाय परिचालन गर्नुको विकल्प छैन। विनाशकारी भूकम्पमा पनि नेपाली सेनाले उद्दार गरेकै हो।”

म नेपाल सरकारले सार्वजनिक गरेको तथ्यांकसँग किन सहमत हुन सक्दिन भने नेपालमा कोरोना संक्रमणलाई जाँच गर्ने प्रयाप्त मात्रामा किट नै छैन। जब प्रयाप्तमात्रामा किट छैन भने कसलाई कोरोना संक्रमण छ, कसलाई छैन भनेर कसरी थाहा पाउनेरु

म जनवरीको अन्तिमसँग नेपालमै थिएँ। मैले त्यो बेला नेपाल सरकारका सम्बन्धित निकायलाई कोरोना भाइरसको पूर्व तयारीका विषयमा कुरा पनि गरेको थिएँ। म अमेरिकामा आएर कोरोना भाइरस जाँच गर्ने केही संख्यामा किट पठाउने कोशिश पनि गरेको थिएँ। तर सरकारको जुन नियम छ, त्यसले गर्दा पठाउन संभव भएन।

सरकारको नियममा खरिद कम्पनीबीच प्रतिश्पर्धा गराएरमात्र सामान किन्न सकिने व्यवस्था रहेछ। मेरो विचारमा युद्ध वा माहामारीका कुनै नियम कानुन लाग्दैन। मैल कोरोना जाँच गर्ने किट एक महिना अगाडि नै नेपाल सरकारलाई उपलब्ध गराउन खोजेको थिएँ। तर सरकारले नियम बाहिर जान नसक्ने बताएपछि त्यो काम हुन सकेन।

अहिले अमेरिका वर नेपालको लकडाउनलाई तुलना गर्ने गरिएको छ। अमेरिका र नेपालको लकडाउनमा आकाश जमीनको फरक छ। काठमाडौंमा ८० प्रतिशत जनसंख्या विहान काम गरेर बेलुका खाने छन्।

उनीहरु जुन अवस्थामा बसेका छन्, त्यो हेर्दा ती जनसंख्या उसै बिमारी परेर मृत्यु हुने अवस्था आउन सक्छ। ती निम्नमध्यम वर्गीय जनतालाई लकडाउनले झन समस्यामा पारेको छ।

अहिले काठमाडौंबाट पाँच लाख मानिस बाहिर गएका छन्। ती मानिसमा संक्रमण भएको रहेछ भने कस्तो अवस्था आउलारु यस्तो महामारीमा सबैभन्दा मुख्य भूमिका अस्पतालको हुन्छ। अस्पालमा कार्यरत स्वास्थ्यकर्मीको हुन्छ।

सबैभन्दा पहिला उनीहरुको जीवन रक्षा गर्नुपर्छ। उनीहरुलाई सरकारले प्रयाप्त मात्रामा उपकारण दिनुपर्छ। स्वास्थ्यकर्मीलाई केही पनि नदिने, अनि उपचार गरेनौं भने लाइसेन्स खारेज गर्छौं भनेर धम्की दिनेरु यसरी कोरोना संक्रमण नियन्त्रण गर्न सकिँदैन।

मैले विगतदेखि स्वास्थ्य क्षेत्रमा काम गरेको हुनाले मलाइ अरुलाई भन्दा नेपालको स्वास्थ्य अवस्थाका विषयमा बढी जानकारी छ।

अहिले नेपालमा कोरोना संक्रमण देखिएको छैन। नदेखियोस् पनि। यदि यो टाइमबम जस्तो पड्कियो भने के हुन्छरु स्पेन, इटली, अमेरिकाको अवस्था नेपालका मन्त्रीले टेलिभिजनमा देखेका होलान्। यत्रो महामारीमा औषधि खरिद गर्दा भ्रष्टाचार भएको कुरा सार्वजनिक भएको छ। यो लाझमर्दो विषय हो।

अब के गर्ने

कोरोनाले संक्रमण फैलिँदै जाँदा अमेरिकाको न्यूयोर्कमा सेना परिचालन गरिएको छ। नेपालमा कोरोना संक्रमण बढ्ने अवस्था अयो भने सरकारले त्यसलाई नियन्त्रण गर्न संभव हुँदैन। सरकारसँग उपकरण र रोग नियन्त्रण गर्ने क्षमता नै छैन।

रोकथाम कसरी गर्ने भन्ने विषयमा सुरक्षा निकायलाई मात्रै थाहा हुन्छ। त्यसैले अब ढिला नगरी नेपाल सरकारले स्वास्थ्यविज्ञहरुलाईसमेत राखेर अब नेपाली सेनासहित तीनवटै सुरक्षा निकायलाई परिचालन गर्नुपर्छ। सेना परिचालन गरेको अवस्थामा महामारीलाई केही नियन्त्रण गर्न सकिन्छ।

तीनवटै सुरक्षाका निकायका आफ्नै अस्पताल छन्। अहिले पनि उनीहरुसँग करिव दश लाख नेपाली जनतालाई उपचार दिन सक्ने क्षमता छ।

त्यसका लागि नेपाली सेनाले आफ्नै पैसाले स्वास्थ्य सामाग्री किन्छु भन्यो पनि दिनुपर्छ। चीनबाट स्वास्थ्य सामाग्री खरिदमा विवाद देखिएपछि अहिले सरकारले नेपाली सेनालाई सामाग्री ल्याउन दिने निर्णय गरेको छ, उचित हो।

“अहिले सरकार संचालन गर्ने बाहेक अन्य सबै सांसद तथा पदाधिकारीलाई ५ महिनासम्म विदा दिनुपर्छ। र उनीहरुको ६ महिना बराबरको तलव जनताको जीवन रक्षाका लागि प्रयोग गर्नुपर्छ।”

सेनाको काम भनेको युद्धमा र महामारीमा जनतालाई बनाउने हो। जुन अनुशासन सुरक्षा निकायमा छुन्छ, त्यो सिभिलियनमा हुँदैन। यस्तो माहामारीमा सेना परिचालन गर्ने विषयको विरोध पनि हुनसक्छ। केही विचौलियाले यसको विरोध पनि गर्न सक्छन्।

तर माहामारीको स्थितिबाट पार पाउन नेपाली सेनाको नेतृत्वमा सुरक्षा निकाय परिचालन गर्नुको विकल्प छैन। विनाशकारी भूकम्पमा पनि नेपाली सेनाले उद्दार गरेकै हो।

त्यसकारण अहिलेको अवस्थामा सुरक्षा निकायको प्रयोग गर्न ढिला गर्नु हुँदैन। एकै पटक धेरै मानिस बिमारी भएभने कसरी क्वारेन्टाइन गर्ने, भौगोलिक विकटताले झन अप्ठेरो पार्नसक्छ। यी सबै चीनलाई व्यवस्थापन गर्ने क्षमता सुरक्षा निकायसँग मात्रै छ।

यो काम नेपाली सेनाको अगुवाईमा तीनवटै सुरक्षा निकायले गर्नुपर्छ। अहिलेसम्म केही भएको छैन भनेर चुप लागेर नबसौं। के भएको छ भनेर कसैलाई पनि थाहा छैन। किनभने नेपालमा जाँच गर्ने प्रयाप्त उपकरण पनि छैनन्।

अर्को कुरा भनेको अहिले मुलुकका लागि विषम परिस्थिति हो। यस्तो बेलामा सबैले आफ्नो ठाउँबाट योगदान दिनुपर्छ। अहिले सरकार संचालन गर्ने बाहेक अन्य सबै सांसद तथा पदाधिकारीलाई ५ महिनासम्म विदा दिनुपर्छ। र उनीहरुको ६ महिना बराबरको तलव जनताको जीवन रक्षाका लागि प्रयोग गर्नुपर्छ।

 

प्रा.डा. जनार्दन सुबेदी, मायामी विश्वविद्यालय अमेरिका
डिसी नेपालका लागि सन्देशकुमार खड्कासँगको कुराकानीमा आधारित संपादित अंश

प्रतिक्रिया दिनुहोस