विश्वभर करिब १७ लाख मानिस संक्रमित, ज्यान गुमाउनेको संख्या १ लाख नाघ्यो

नौलो समाचार संवाददाता
२०७६ चैत्र २९, शनिबार मा प्रकाशित ८९८ पटक पढिएको
विश्वभर करिब १७ लाख मानिस संक्रमित, ज्यान गुमाउनेको संख्या १ लाख नाघ्यो

चैत २९, काठमाडौँ । विश्वभर कोरोना भाइरसको महामारीबाट ज्यान गुमाउनेको संख्या एक लाख नाघेको छ।

विश्वका २१० देश र दुई वटा अन्तराष्ट्रिय पानी जहाजमा फैलिएको कोरोनाको महामारीमा परी आजसम्म १ लाख २ हजार ६ सय ८७ जना संक्रमितको ज्यान गएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

पछिल्लो २४ घण्टामा मात्रै विश्वभर ७ हजार ३ जना संक्रमितको ज्यान गएको छ । संक्रमित मध्ये ३ लाख ७६ हजार १ सय ९ जना संक्रमित उपचारपछि घर फर्किएका छन् ।

आज (शनिबार) बिहानसम्म विश्वभर करिब १७ लाख मानिस संक्रमित भएका छन् । विश्वमा १६ लाख ९७ हजार ५ सय ३३ जना संक्रमित भएका छन् । जसमध्ये पछिल्लो २४ घण्टामा मात्रै ९३ हजार ८ सय ३९ जना नयाँ संक्रमित फेला परेका हुन् ।

प्रतिक्रिया दिनुहोस