दुई साताको क्वारेन्टाइनपछि घर फर्केको तीन दिनमा कोरोना भाइरसको संक्रमण (पत्रकार सम्मेलन भिडियो)

नौलो समाचार संवाददाता
२०७७ बैशाख १, सोमबार मा प्रकाशित ४८७ पटक पढिएको
दुई साताको क्वारेन्टाइनपछि घर फर्केको तीन दिनमा कोरोना भाइरसको संक्रमण (पत्रकार सम्मेलन भिडियो)

बैशाख १, काठमाडौँ । स्वास्थ्य मन्त्रालयले कैलालीकी संक्रमित महिलालाई दुई साता लामो क्वारेन्टाइनबाट घर फर्किएको तीन दिनपछि कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरेको छ।

आज पत्रकार सम्मेलन गर्दै मन्त्रालयले नेपालमा थप दुई जनामा कोरोना संक्रमण देखिएको जनाएको हो। स्वास्थ्य मन्त्रालयको मिडिया ब्रिफिङमा आज मन्त्रालयका प्रवक्ता विकास देवकोटाले कैलाली र रौतहटमा एक एक जनामा कोरोना संक्रमण देखिएको जनाएका हुन्।

रौतहटमा १९ वर्षीय पुरुषमा र कैलालीको लम्किचुहा नगरपालिका १ भरुवाकी ६५ वर्षीया महिलामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। डा. देवकोटाले संक्रमित महिलालाई उपचारका लागि सेती प्रादेशिक अस्पतालमा लगिएको जानकारी दिए।

दुई सातासम्म क्वारेन्टाईनमा बसेकी उनको र्‍यापिड डाइग्नोस्टिक टेस्ट किटबाट नेगेटिभ रिपोर्ट आएपछि उनी घर गएकी थिइन्। घर गएको तीन दिनपछि पिसिआर रिपोर्टमा पोजेटिभ देखिएपछि उनलाइई उपचारका लागि अस्पताल लगिएको हो।

पत्रकार सम्मेलन (भिडियो)

प्रतिक्रिया दिनुहोस