लकडाउनमा संगीतकर्मीको दिनचर्या, के गर्दैछन चर्चित गायक कपिल कसपाल !

नौलो समाचार संवाददाता
२०७७ बैशाख ३, बुधबार मा प्रकाशित ३०५० पटक पढिएको
लकडाउनमा संगीतकर्मीको दिनचर्या, के गर्दैछन चर्चित गायक कपिल कसपाल !

बैशाख ३, काभ्रे । गायक कपिल कसपाल अहिलेका उदयमान चर्चित गायक हुन् । उनका “रसिलो ओठ“ बोलको गीत निकै नै लोकप्रिय भएको थियो । विभिन्न सांगीतिक कार्यक्रममा ब्यस्त भैरहने गायक कसपाल अहिलेका विभिन्न महोत्सवका लागि रुचाइएका गायक मध्ये पर्दछन् । गायक कसपाल भक्तपुर सांगीतिक समाजका उपाध्यक्ष पनि हुन जसले विभिन्न साङितिक गतिविधि गर्दछ । सांगीतिक समाजद्वारा आयोजित विभिन्न राष्ट्रिय सांगीतिक कार्यक्रममा संयोजकको भुमिका सफलता पुर्बक निभाइसकेका छन् ।

OS Nepal अवार्डको दोस्रो संस्करणमा “सर्बोत्कृष्ट आधुनिक गायन नव प्रतीभा“ मा TOP 5 भित्र पर्न सफल भएका थिए भने बिन्दबासिनी म्युजिक अवार्डमा पनि TOP 5 Male Vocal मा Nominate भएका  थिए । बिगत केहि बर्ष देखी निरन्तर बिबिध गीत-संगीत मार्फत नेपाली सांगीतिक क्षेत्रमा सक्रिय गायक कसपाल रचनाकार तथा रेडियोकर्मि पनि हुन् ।

बिबिध प्रकारका गीत गाउन सक्ने क्षमता भएका गायक कसपालको अवाज दमदार तथा विशिष्ट किसिमको रहेको छ । दुईबर्ष अगाडी “प्रेमपत्र” एल्बम ल्याईसकेका गायक कसपालले हाल सालै “महशुस” एल्बम पनि ल्याएका छन् । कसपालले भजन पनि गएका छन् भने दशै र तिहारको सन्दर्भमा “आयो दशै तिहार आयो” बोलको गीत पनि श्रोता माझ ल्याएका थिए ।
श्रोताहरुलाई मन पर्ने तथा सबै खालका गीत गाउन सक्ने गायक कसपालले Dancing Number “मायाको चेक” बोलको गीत पनि भिडियो सहित बजारमा ल्याएका छन् । आफ्नै स्वर,शब्द तथा संगीत रहेको उक्त गीतमा गायक स्वयंले निर्देशन गरेका छन् साथै नेपाली चलचित्रको पाश्र्व गायनमा आफ्नो भबिष्य बनाउने सपना रहेको गायक कपिल कसपालले बताएका छन् ।

गायन, गीत रचना, संगीत, विभिन्न साङ्गीतिक कार्यक्रमको आयोजना तथा रेडियोमा साङ्गीतिक कार्यक्रम संचालन लगायतका साङ्गीतिक गतिविधि मार्फत सम्पुर्ण श्रोता दर्शकको मन जितिरहेका छन् कसपालले । ‘नेपाली शीरको कालो टोपी भक्तपुर’ बोलको गीत तथा कपिल कसपालको एल्वम लोकार्पण भएको छ । भक्तपुर विशेष गीतको रचना कृष्णमुरारी गौतम ‘चट्याङ मास्टर’ ले गरेका हुन् । यस गीतको संगीत तथा एरेन्ज संगीतकार बि.बि. अनुरागीले गरेका छन् भने स्वर गायक कपिल कसपालको रहेको छ । यस गीतलाई सम्पादन, उत्पादन तथा निर्माण व्यवस्थापनको संयोजन साहित्यकार जितेन्द्र रसिकले गरेका हुन् । भिडियो निर्माणको संयोजन भने गायक कसपालले गरेका छन् । भिडियोमा सिंगो भक्तपुर जिल्लाको पर्यटकीय, धार्मिक तथा सांस्कृतिक पक्ष समेटिएका छन् । गीतलाई अंग्रेजी भाषामा ‘स्क्रोल’ राखिएकाले पर्यटकहरुले समेत सजिलै बुझ्न सक्नेछन् । सोही कार्यक्रममा गायक कपिल कसपालको गीती एल्वम ‘महशु्ष’ समेत सार्वजनिक भएको थियो । एल्वममा गीतकार तथा गायक कसपालाको स्वर र संगीतमा रहेको गीतहरु मायाको चेक, मेरोराजा मेरो रानी, आयो दशैं तिहारै आयो, ति यादहरु, ठेकी भित्र मदानी गीत समेटिएका छन् ।

यी गीतहरुमा चर्चित गायिका अन्जु पन्त, सन्ध्या बुढा ‘काउली बुढी’, अधिश्री कसपाल, गगन सरगम र कपिल कसपाल स्वयंको स्वर रहेका छन् । त्यस्तै गीतहरुमा हरि लम्साल, बुद्ध सायमी, निम संगीत, बद्रिनारायण ताम्रकारको र गायक स्वयंमको संगीत रहेको छन् ।

कोरोना भाइरस (कोभिड-१९) कारण विश्वभर महामारी फैलिरहेको छ । कोरोना संक्रमण फैलन नदिन अहिले विश्व नै लकडाउनको अवस्थामा छ । नेपालमा पनि लकडाउन भैरहेको छ । यो अवस्थामा आम सर्वसाधारण लगायत गीतकार, चलचित्रकर्मी, संङ्गीतकर्मी, गायकगायिका लगायत सबै घरभित्रै लकडाउनमा रहेका छन् ।

यही लकडाउनको समय गायक–गायिकाको दिन कसरी वित्दै छ त ?
नौलो समाचार डटकम का अशोक महतले चर्चित गायक तथा बहुमुखी प्रतिभाका धनी कपिल कसपालको दिन चर्याको बारेमा केहि प्रश्न राखेका छन् । प्रस्तुत छ गायक कसपालसंगको कुराकानी :–

प्रश्न : कसरी बितिरहेको छ समय ?
उत्तर : हजुर घरमा परिवारसंग बस्ने, भिन्न परिकार बनाउने, परिवारलाई खुवाउने अनि गीत गाउदै बितिरहेको छ समय । भर्खरै गायिका देबिका बन्दनासंग दुईवटा भाषामा दुई गीत रेकर्ड सप्पन्न भएको छ ।

प्रश्न : गीत सङीत सङ कसरी जोड्न सकिन्छ यो समय ?
उत्तर : यो समय धित नमरुन्जेल नेपाली गीत संङ्गीत सुन्ने समय हो जस्तो लाग्छ । र धेरै संङ्गीतकर्मीहरुले पनि चेतना मुलक गीतहरु निर्माण गरिरहनु भएको छ । त्यो आवस्यकता पनि हो । मैले पनि कबिता, गीत मार्फत सकारात्मक सन्देश दिई नै रहेको छु । यो फुर्सदको समयमा विभिन्न प्रकारका नेपाली गीत सुनेर हेरेर साथ दिनुहुन अनुरोध गर्दछु । मेरा गीतहरु तपाईंले मेरो युटुब YouTube Channel KapliKaspalOfficial मार्फत मेरा गीत हेर्न सक्नु हुनेछ ।

प्रश्न : संङ्गीतर्मीको तथा दर्शक श्रोताको सम्पर्कमा रहिरहने तपाई घरमा हप्तौ थुनिदा कस्तो महसुस भैरहेको छ ?
उत्तर : यसरी बस्नुपर्दा केहि नौलो र अनौठो त लागी नै रहेको छ तर पनि हामी सृजना र संङ्गीतमा रमाउने मान्छे भएकाले पनि शान्त र एकान्तमा गीत लेख्ने, गाउने, संङ्गीत सृजना गर्ने काम गररिहेको हुन्छु । खास अत्यास लागेको छैन, यो लकडाउन हाम्रै स्वास्थ्यको लागि हो भन्ने मैले बुझेको छु ।

प्रश्न : गीतसंङ्गीतको क्षेत्रमा कसरी प्रवेश गर्नुभयो ?
उत्तर : रेडियो नेपालमा बज्ने गरेका गीतसंङ्गीत सुन्दा–सुन्दै म साङ्गीतिक क्षेत्रतर्फ मोहित भए र यसतर्फ लागे ।

प्रश्न : सबैभन्दा मनपर्ने गायक र गायिका को हुन् ?
उत्तर : गायकमा उदितनारायण, प्रेमध्वज प्रधान, प्रकाश श्रेष्ठ, दिपक खरेल दाईहरुको आवाज निकै मनपर्छ साथै गायिकामा तारा देबि, सपना श्री, अन्जु पन्तको आवज मनपर्छ ।

प्रश्न : कुन गीतबाट श्रोतामाझ चर्चित हुनुभयो ?
उत्तर : रसिलो ओठ, मायाको चेक, नेपाली शिरको कालो टोपी भक्तपुर बोलको गीतबाट मलाई श्रोता तथा दर्शकमाझ परिचित भए ।

प्रश्न : घरमा साङ्गीतिक क्षेत्रमा रुचि राख्ने अरू सदस्य पनि हुनुहुन्छ ?
उत्तर : घरमा साङ्गीतिक क्षेत्रमा लाग्नुभएको कोहि पनि हुनुहुन्न । म एक्लै छु ।

प्रश्न : सरकारलाई के भन्न चाहनु हुन्छ ?
उत्तर : सरकारले ढिला नै भए पनि उचित कदम चालेको छ । नेपाल जस्तो स्रोत साधनले कमजोर देशले यस्तो महामारीलाई लकडाउन गरेर घरभित्रै बस्नु नै एक मात्र उपाय हो । साथै जनताको तर्फबाट सबैले लकडाउनलाई घरैमा बसेर नै सहयोग पुर्याउनु पर्छ । तर दैनिक मजदुरी गरेर खाने बिपन्न जनताको लागि सरकारले राहतको ब्यवस्थापन गर्नुपर्छ । राहतको ब्यवस्था गरे पनि प्रभावकारी हुन सकेको छैन । त्यसमा ध्यान दिनु अत्ति आवस्यक छ । सरकारको उपस्थिति देखिने यस्तै बेलामा हो । अनि भारतसंगको खुल्ला सिमानामा कडा निगरानी हुनु आवस्यक छ ।

प्रश्न : तपाईं स्वस्थ्य क्षेत्रसंग पनि आवद्ध हुनुहुन्छ, जनमानसमा के भन्न चाहनुहुन्छ ?
उत्तर : अवस्य पनि यो समय अत्ति जोखिमपुर्ण समय हो । यसको उपाय भनेकै सेल्फ क्वारेन्टिन हो अथवा आवस्यक परे आइसोलेसन हो । जसले रोग फैलिन र महामारीको रुप लिनबाट बचाउछ । अनि अर्को उपाय भनेको बढी भन्दा बढी संक्रमितहरुको परिक्षण नै हो । यो स्वास–प्रश्वाससंग बढी जोडिएको हुनाले रुघाखोकी, ज्वरो आएको छ भने सामान्य औषधी सेवन गर्ने अनि झोल पदार्थ प्रसस्त पिउने गर्नु पर्छ । १०२ डिग्री भन्दा बढी ज्वरो सहित निरन्तर रुघाखोकी लागेको भए तुरुन्त डाक्टर को सल्लाह लिनु पर्छ ।

प्रश्न : अन्त्यमा श्रोता तथा दर्शकलाई के भन्न चाहनुहुन्छ यो समयमा ?
उत्तर : सबैलाई सुरक्षित रुपमा घरमै बस्नु होला भन्छु, अझ विनम्र आग्रह गर्दछु । यो लकडाउनको समयमा कोरोना भाईरसबाट बच्न घरभित्रै बस्नुजस्तो सुरक्षित हुने उपाय अर्को छैन । दिन दुखी बिपन्नहरुलाई सकेको सहयोग गर्न आग्रह गर्छु । सृजनशिल बन्ने प्रयास गर्नु होला । अनि नेपाली गीत संङ्गीतलाई सुन्ने बानी बसाउनु होला । धन्यवाद ।

प्रतिक्रिया दिनुहोस