बैशाख ४, काठमाडौँ । भारतमा कोरोना भाइरसको संक्रमणपछि कोभिड–१९ बाट मृत्यु हुनेको संख्या ४१४ पुगेको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दिएको जानकारी अनुसार अहिलेसम्म भारतमा कुल संक्रमितको संख्या १२ हजार ३८० रहेको छ ।
संक्रमित मध्ये १४ सय ८९ जनामा भने निको भएको छ । महाराष्ट्रमा सबैभन्दा बढी २९ सय १६ जनामा संक्रमण पुष्टि भएको छ भने १८७ जनाको निधन भएको छ ।
यस्तै राजधानी दिल्लीमा हालसम्म १५ सय ७८ जनामा संक्रमण पुष्टि भएको छ । दिल्लीमा कोभिड–१९ बाट ३२ जनाको निधन भएको छ ।
प्रतिक्रिया दिनुहोस