बैशाख ११, फिनल्यान्ड । फिनल्यान्डका प्रधानमन्त्री साना मरिन सेल्फ-क्वारेन्टाइनमा बसेकी छन् ।
उनका एक कर्मचारी एक कोरोना संक्रमित व्यक्तिको सम्पर्कमा आएपछि उनले आफूलाई सेल्फ-क्वारेन्टाइनमा राखेकी हुन् ।
प्रधानमन्त्री कार्यालयले जारी गरेको विज्ञप्तिमा उनलाई कोरोना जाँच गरिएको तर, कुनै लक्षण नदेखिएको बताइएको छ ।
३४ वर्षीया मरिनले सन् २०१९ डिसेम्बरमा फिनल्यान्डको प्रधानमन्त्री भएकी हुन् । कोरोना संक्रमण नियन्त्रणमा उनले चालेको कदमहरुको प्रशंसा भइरहेको छ ।
फिनल्यान्डमा हालसम्म चार हजार १२९ कोरोना संक्रमित फेला परेका छन् भने १४९ जनाको मृत्यु भएको छ । – बीबीसी
प्रतिक्रिया दिनुहोस