आजको राशिफल : मिथुन उत्तम, वृश्‍चिक सार्थक

नौलो समाचार संवाददाता
२०७७ बैशाख १८, बिहिबार मा प्रकाशित ७२४ पटक पढिएको
आजको राशिफल : मिथुन उत्तम, वृश्‍चिक सार्थक

बैशाख १८ गते बिहिबार

मेष : दिन प्रतिकूल छ । आँटेको काममा व्यवधान आउनसक्छ । मन डराउनेछ । खर्चमा वृद्धि हुनेछ । मनमा दुविधा बढ्न सक्छ । धैर्य गर्नु पर्नेछ ।

वृष : दिन राम्रो छ । कामप्रति जोश, जाँगर बढ्नेछ । दीर्घकालीन कार्ययोजना तय हुनेछ । यश, कीर्ति मिल्नेछ । सामाजिक कार्यव्रmममा सहभागी भइनेछ ।

मिथुन : दिन उत्तम छ । आर्थिक र मौखिक पक्ष निकै सबल रहनेछ । खानपानका विशेष परिकारहरु प्राप्त हुनेछ । मुख्य काम गरिनेछ ।

कर्कट :  दिन भाग्यवर्धक छ । आँटेको काम बन्नेछ । बौद्धिक तथा सिर्जनात्मक काम गरिनेछ । महत्वपूर्ण काम हात लाग्नेछ ।

सिंह : दिन प्रतिकूल छ । खर्चको मात्रा बढ्नेछ । स्वास्थ्यप्रति सचेत रहनु बेस हुनेछ । महŒवपूर्ण काम हुन कठिन छ ।

कन्या : दिन उत्तम छ । आय आर्जन बढ्नेछ । लेखन तथा प्रकाशन सम्बन्धी काम हुनेछ । आफन्तबाट सहयोग मिल्नेछ । लाभदायक काम बन्ने देखिन्छ ।

तुला :  दिन अनुकूल छ । नयाँ कामको अवसर मिल्नेछ । आँटेको काम सफलतापूर्वक बन्नेछ । उत्कृष्ट मान सम्मान मिल्नेछ ।

वृश्चिक : दिन सार्थक छ । आध्यात्मिक क्षेत्रमा रूचि बढ्नेछ । सामाजिक कामको दायित्व बढ्नेछ । दानपुण्यले मन प्रसन्न रहनेछ ।

धनु : दिन प्रतिकूल छ । व्यवहारिक समस्याले सताउनसक्छ । मन खिन्न हुनेछ । ठूलो योजनाको काम नगर्नु बेस हुनेछ ।

मकर :  दिन अत्युत्तम छ । व्यवसायिक क्षेत्रमा उन्नति हुनेछ । पारिवारिक सहयोग मिल्नेछ । व्यापार व्यवसाय बढ्नेछ ।

कुम्भ : दिन उत्तम छ । शत्रु परास्त हुनेछन् । दीर्घकालीन कार्ययोजना तय हुनेछ । महŒवपूर्ण काम हात लाग्नेछ । आटेको काम बन्नेछ ।

मीन : दिन सार्थक खालको छ । मनमा चिन्ता कम हुनेछ । निर्णय क्षमताको विकास हुनेछ । प्रतिस्पर्धामा काम बन्नेछ । शरीर स्वस्थ रहनेछ ।

प्रतिक्रिया दिनुहोस