जेठ ६, एजेन्सी । अमेरिकामा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ९० हजार भन्दा बढी पुगेको छ । जोन्स हप्किन्स विश्वविद्यालयलको कोरोना भाइरस स्रोत केन्द्रका अनुसार अमेरिकामा कोभिड–१९ बाट अहिलेसम्म ९० हजार ३३८ जनाको ज्यान गएको छ ।
यस्तै त्यहाँ कुल संक्रमितको संख्या पनि १५ लाख भन्दा बढी पुगेको छ । अहिलेसम्म १५ लाख ८ हजार भन्दा बढीमा संक्रमण पुष्टि भएको जनाइएको छ ।
कोरोना भाइरसका कारण अहिलेसम्म विश्वभर तीन लाख १८ हजार भन्दा बढीको ज्यान गएको छ । यस्तै संक्रमितको संख्या ४७ लाख ९८ हजार भन्दा बढी रहेको छ ।
संक्रमितको संख्या अमेरिकापछि रुपमा सबैभन्दा धेरै छन् । रुसमा हालसम्म दुई लाख ९० हजार भन्दा बढीमा संक्रमण पुष्टि भएको छ । त्यहाँ मृत्यु हुनेको संख्या २७ सय भन्दा बढी रहेको छ ।
यस्तै ब्राजिलमा संक्रमितको संख्या दुई लाख ५५ हजार भन्दा बढी पुगेको छ । त्यहाँ १६ हजार ८ सय भन्दा बढीको मृत्यु भइसकेको छ ।
बेलायमा दुई लाख ४७ हजार भन्दा बढी संक्रमित छन् भने मृत्यु हुनेको संख्या ३४ हजार ८७६ रहेको छ । स्पेनमा दुई लाख ३१ हजार ६०६ संक्रमित र २७ हजार ७०९ को मृत्यु भएको छ ।
इटालीमा संक्रमितको संख्या दुई लाख २५ हजार ८८६ र मृत्यु हुनेको संख्या ३२ हजार सात तथा फ्रान्समा संक्रमितको संख्या एक लाख ८० हजार ५१ तथा मृत्यु हुनेको संख्या २८ हजार २४२ रहेको छ ।
प्रतिक्रिया दिनुहोस