जेठ २५, काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले साढे दुई महिनापछि सुन-चाँदीको मू्ल्य तोकेको छ।लकडाउन लागू भएदेखि अर्थात चैत ११ गतेदेखि कारोबार बन्द भएको सुन-चाँदीको मूल्य अाज (आइतबार) तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासंघका प्रवक्ता मनोजकुमार साहले जानकारी दिए।
अाज प्रतितोला सुनको मूल्य ८७ हजार ४ सय रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ। यसअघि चैत १० गते प्रतितोला सुन ७७ हजार रुपैयाँमा कारोबार भएको थियो। महासंघका अनुसार साढे दुई महिनामा १० हजार ४ सय रुपैयाँले सुनको मूल्य बढेको हो।
यस्तै चाँदीको मूल्यमा पनि प्रतितोला २०५ रुपैयाँले वृद्धि भएको छ। चैत १० गते प्रतितोला ७२० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य अाज ९२५ रुपैयाँ तोकेको छ।
अब दैनिक रुपमा अन्तर्राष्ट्रिय बजार अनुसार सुनचाँदीको मूल्य निर्धारण गरिने महासंघले जनाएको छ। सरकारले लकडाउनको मोडालिटी परिवर्तन गर्ने प्रक्रियाअनुसार सुनचाँदी व्यवसायीले पनि आंशिक रुपमा व्यापार संचालन गर्ने जनाएको छ।
प्रतिक्रिया दिनुहोस