जेठ २९, काठमाडौँ । औषधि उपकरण खरिदमा भएको खर्च पारदर्शी हुनुपर्ने मागसहित सरकारविरुद्ध बालुवाटारमा विरोध प्रदर्शन गरिएको छ ।
शान्तिपूर्ण रुपमा गरिएको विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । प्रदर्शनकारीमाथि प्रहरीले अश्रुग्या र पानीको फोहोरा प्रहार गरेपछि शान्तिपूर्ण प्रदर्शन अशान्तिमा परिणत भएको छ ।
कोरोना महामारी नियन्त्रणलाई प्रभावकारी रुपमा लैजानुपर्ने , आरडीटी परीक्षण रोक्नुपर्नेलगायतका माग राख्दै युवा तथा सर्वसाधारणले केही दिनयता बालुवाटारमा शान्तिपूर्ण विरोध प्रदर्शन गरिरहेका छन् । कोरोना महामारीले दिनहु विकराल रुप लिदै गर्दा सरकार भने भ्रष्टाचार र कुनै पनि हालतमा एमसीसी पास गर्नमा व्यस्त देखिएपछि सर्वसाधारण निरन्तर विरोध प्रदर्शनमा उत्रीएका छन् ।
प्रतिक्रिया दिनुहोस