असार ८, काभ्रे । निर्माण ब्यवसायी रामबहादुर गौतमले काभ्रे जिल्लाका सबै स्वास्थ्य कर्मीको कोरोना बिमा गराइदिएका छन् । उनले अाईतबार प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमिल्सिनालाई भेटेर बिमा रकमको चेक हस्तान्तरण गरेका हुन् ।
प्रति स्वास्थ्यकर्मीको ६ सय रुपैयाँका दरले ४ लाख ४९ हजार ४०० रुपैयाँको चेक प्रमुख जिल्ला अधिकारी तिमिल्सिनालाई निर्माण ब्यवसायी गौतमले हस्तान्तण गरेका हुन । एक वर्षका लागि १ लाखकाे बिमा गरिएको हो ।
जिल्लाको १३ वाटै स्थानीय तहमा गरी ७ सय ४९ जना स्वास्थ्य कर्मीको कोरोना बिमा भएको छ । कोरोना महामारीकामा स्वास्थ्यकर्मी नै अग्रपंक्तिमा रहेर खटिनुपर्ने भएकाले प्रोत्साहान स्वरुप बिमा गरिएको निर्माण ब्यवसायी गौतमले बताए ।
पत्रकार महासंघ काभ्रे शाखालाइ ५० हजार
यसैैगरी गाैमतले नेपाल पत्रकार महासंघ काभ्रे शाखालाइ ५० हजार सहयाेग गरेका छन् । काभे पत्रकार महासघको कोषमा रहने गरि अध्यक्ष मोतीराम तिमल्सिनालाई उक्त सहयाेग रकमकाे चेक हस्तान्तरण गरेेेका हुन् ।
प्रतिक्रिया दिनुहोस