कोरोना संक्रमितको संख्या विश्वमा १ करोड साढे ३ लाख भन्दा धेरै

ज्यान गुमाउनेको संख्या ५ लाख ८ हजार भन्दा बढि
नौलो समाचार संवाददाता
२०७७ अषाढ १८, बिहिबार मा प्रकाशित ७९२ पटक पढिएको
कोरोना संक्रमितको संख्या विश्वमा १ करोड साढे ३ लाख भन्दा धेरै

असार १८, काठमाडौं । कोरोना संक्रमितको संख्या विश्वमा एक करोड नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या एक करोड ३ लाख ५७ हजार ६६२ पुगेको छ ।

सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचीमा पहिलो नम्बरमा अमेरिका छ भने दोस्रो नम्बरमा ब्राजिल छ ।

कोरोनाका कारण विश्वमा हालसम्म ज्यान गुमाउनेको संख्या ५ लाख ८ हजार ५५ पुगेको छ ।

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका २१६ देशमा फैलिसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

अमेरिकन देशमा सबैभन्दा धेरै प्रभाव देखिएको कोरोना भाइरसको संक्रमण तुलनात्मक रुपमा अफ्रिकन देशमा कम फैलिएको छ । संयुक्त राष्ट्रसंघले कोरोना नियन्त्रणमा अफ्रिकाबाट अमेरिका तथा युरोपले सिक्नु पर्ने बताएको छ ।

यद्यपि पछिल्लो समय अफ्रिकन मुलुकमा पनि कोरोना तिव्र रुपमा फैलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस