असार २६, काभ्रे । काभ्रे जिल्लाकाे एेेेतिहासिक तथा विश्ववसम्पदाकाे धराेहर पनाैती नगर क्षेत्रका रहनसहन, प्राकृतिक सुन्दरता, संस्कृति, ऐतिहासिक गतिविधी समेटेर ‘पनाैती नगरगान’ तयार पारिएको छ ।
पछिल्ला दिनहरुमा विभिन्न स्थानीय तहहरुले आ–आफ्नो गाउँ–ठाउँ र रहनसहनलगायत विभिन्न विषयहरुलाई गीति श्रव्य–दृष्य माध्यमबाट चिनाउने प्रचलन बढ्दै गएको छ ।
पनाैतीका मठमन्दिरमा छायाङ्कन गरिएको नगरगानमा वरिष्ठ कलाकार हरिबंश आचार्य, अभिनेत्रीद्वय श्वेता खड्का र नम्रता सापकोटामा साथमा कलाकारहरु रविन्द्र खड्का, सङ्गम भण्डारी, नारायण प्रधान, मुकुन्द थापा, रामेश्वर जङ्ग केसी, लक्ष्मण माटन्छी लगायतका कलाकारहरुको अभिनय रहेकाे छ ।
गीतकार प्रकाश सुवेदीको गहन अध्ययन, अनुसन्धानमा नगरपालिकाभित्रका १२ वटै वडाहरु तथा समग्र विविधतालाई ८ मिनेट भित्र समेटेर लेखिएको गीतमा सुरेश अधिकारीको सङ्गीत, महाराज थापाको सङ्गीत संयोजन र सिडी विजय अधिकारी तथा मिलन नेवारको स्वर रहेको छ ।
भिडियोमा रमेश बाबा नेपालको निर्देशन तथा अजय रेग्मीकाे छायाङ्कन रहेकाे छ ।
असार मसान्त भित्रै सम्पूर्ण निर्माण कार्य सम्पन्न हुने गीति भिडियो यही साउनको पहिलो हप्ता भित्रै नगरपालिकामार्फत सार्वजनिक हुँदैछ।
नगरप्रमुख भिम न्यौपाने र उपप्रमुख गीता बञ्जरा समेत संलग्न रहेको गीति भिडियोमा अधिकांश जनप्रतिनीधि, कर्मचारी, स्थानीय सामाजिक अभियन्ता, संस्कृतिविद्, साहित्यकार लगायतका ब्यक्तिहरु र स्थानीय वाद्यवादक टोलीलाई समेत भिडियोमा समेटिएको छ ।
प्रतिक्रिया दिनुहोस