कोरियामा नेपाली श्रमिकको तलब वृद्धि

नौलो समाचार संवाददाता
२०७७ अषाढ ३१, बुधबार मा प्रकाशित ४५२ पटक पढिएको
कोरियामा नेपाली श्रमिकको तलब वृद्धि

असार ३१, काठमाडौं । दक्षिण कोरियामा काम गरिरहेका नेपाली श्रमिकको न्यूनतम ज्याला वृद्धि भएको छ ।

सन् २०२१ का बाट लागू हुने गरी ज्याला निर्धारण समितिले कोरियामा श्रम गरिरहेका स्वदेशी तथा विदेशी मजदूरको ज्याला १३० कोरियन वोन बढाएको हो । योसँगै नेपालीको पनि तलब बढेको हो ।

मजदूर सङ्घका प्रतिनिधि, उद्योग सङ्घका प्रतिनिधि तथा सरकारी कर्मचारीको पटकपटकको बैठकले प्रतिघन्टा १३० वनअर्थात् हालको ज्यालाअनुरुप १.५ प्रतिशत ज्याला वृद्धि गर्ने निर्णय गरेको हो ।

निर्णयानुसार सन् २०२१ देखि प्रतिघन्टा आठ हजार ७२० वोन पुग्ने छ । अर्थात् अब कोरियामा रोजगारी गरिरहेका नेपालीको न्यूनतम ज्याला ८७० पुग्नेछ । महिनामा २०९ घण्टा श्रम पूरा गर्ने मजदूरको न्यूनतम तलब १८ लाख २२ हजार ४८० वन लगभग एक लाख ८० हजार पुग्नेछ ।

सन् २०२० लागि २.९ प्रतिशत वृद्धि भएको तलब यस वर्ष भने कम वृद्धि भएको हो । कोरोना माहामारीका कारण कतिपय कम्पनी चल्न मुस्किल भएकाले पनि तलब वृद्धि कम हुन सक्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस