कोरोनाबाट मर्नेको संख्या ८० पुग्यो

नौलो समाचार संवाददाता
२०७७ श्रावण २७, मंगलबार मा प्रकाशित ५५१ पटक पढिएको
कोरोनाबाट मर्नेको संख्या ८० पुग्यो

साउन २७, जनकपुर । धनुषाको जनकपुरधाममा थप एकजना कोरोना संक्रमितको मंगलबार बिहान मृत्यु भएको छ ।

जनकपुरधाम प्रादेशिक अस्पतालको आइसोलेसनमा उपचाररत विदेह नगरपालिका ८ का ६० वर्षीय पुरुषको मृत्यु भएको डा.जामुन सिंहले जानकारी दिए ।

उनको दुई हप्ता अघिदेखि आइसीयुमा राखेर उपचार भइरहेको उनको मृत्यु भएको अस्पतालले जानकारी दिएको छ । नेपालमा कोरोनाबाट मर्नेको संख्या ८० पुगेको छ ।

प्रतिक्रिया दिनुहोस