काभ्रेमा सार्वजनिक यातायातमा संचालनमा राेक

१ जना थपिए संक्रमित
नौलो समाचार संवाददाता
२०७७ भाद्र ४, बिहिबार मा प्रकाशित ४४९ पटक पढिएको
काभ्रेमा सार्वजनिक यातायातमा संचालनमा राेक

भदाै ४, काभ्रे। काभ्रे जिल्लामा सार्वजनिक यातायात संचालनमा राेक लगाईएकाे छ । जिल्लामा काेराेना संक्रमण दिनप्रतिदिन बढ्दै गएपछि कोभिड–१९ जिल्ला सङ्कट व्यवस्थापन केन्द्र काभ्रेले सार्वजनिक यातायात संचालनमा प्रतिबन्ध लगाएकाे हाे।

४ गते बिहीबारबाट लागू हुनेगरी यही भदौ १० गतेसम्म सार्वजनिक यातायातमा राेक लगाईएकाे जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख नरेन्द्रकुमार झाले जानकारी दिए।

यस्तै, जिल्लाका पनाैती, बनेपा, धुुुलिखेेल, नमाेेेबुद्व, पाँचखाल, मण्डनदेउपुर नगरपालिका लगायत जिल्लाका भिडभाड हुने स्थानका व्यवशाय, पसल बिहान ७ बजेदेखि ९ सम्म र बेलुका ४ बजेेेेदेखि ६ बजेेेसम्म सामाजिक दुरी र स्वास्थ्य मापदण्ड कायम गरेर मात्र संचालन गर्न दिईनेे बताईएकाे छ ।

यस्तै, अाज जिल्लामा थप १ जनामा काेेराेना संक्रमण पुष्टि भएकाे छ। अाज एक जना थपिएसंंगै काभ्रेमा संक्रमितकाे संख्या १०३ पुगेकाे छ।

प्रतिक्रिया दिनुहोस