अाजराती पाँचवटा प्रदेशमा भारी वर्षाकाे सम्भावना

नौलो समाचार संवाददाता
२०७७ भाद्र ५, शुक्रबार मा प्रकाशित ६१३ पटक पढिएको
अाजराती पाँचवटा प्रदेशमा भारी वर्षाकाे सम्भावना

भदौ ५, काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले (बिहान) देशभर आंशिक देखि सामान्य बदलीको अवस्था रही प्रदेश १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका केही भूभागमा वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

यस्तै आज राति देशभर सामान्य बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको विभागले प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही  स्थानमा भारी वर्षाको सम्भावना रहेको उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस