बैठकमा चिया पुर्‍याउनेलाई कोरोना, रक्षा र गृहमन्त्री होम क्वारेन्टाइनमा

नौलो समाचार संवाददाता
२०७७ भाद्र १२, शुक्रबार मा प्रकाशित ८१३ पटक पढिएको
बैठकमा चिया पुर्‍याउनेलाई कोरोना, रक्षा र गृहमन्त्री होम क्वारेन्टाइनमा

भदौ १२, काठमाडौं। उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा कोभिड १९ को कन्ट्याक्ट ट्रेसिङमा परेका छन्।

नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को सचिवालय बैठक स्थगित भएपछि दुई जना होम आइसोलेसनमा बसेको खुलेको हो। उनीहरुको उपस्थिति नभएको भन्दै सचिवालय बैठक भदौ १८ गतेसम्मका लागि स्थगित भएको छ।

ुउहाँले उच्च सतर्कता अपनाउनु भएको हो। त्यति संक्रमणको जोखिम पनि भएको देखिँदैन। तर, केही दिनलाई घरमा नै बस्नु भएको हो, ु गृह मन्त्रालय स्रोतले भन्यो।

१० दिन भन्दाअघि सीसीएमसीको बैठकमा चिया बोक्ने एक जनालाई कोभिड १९ देखिएको थियो। त्यसपछि बैठकमा सहभागी भएका कारणले दुवै मन्त्रीहरुले सतर्कता अपनाएका हुन्।

प्रतिक्रिया दिनुहोस